दलित भन्दै वडा सदस्यलाई दुर्व्यवहार गर्ने पोखराका वडाध्यक्ष अधिकारीलाई साढे ४ महिना कैद

दलित अनलाईन ७ मंसिर २०८०, बिहीबार १९:१९

काठमाडौँ —  दलित भन्दै आफ्नै वडाको सदस्यलाई दुर्व्यवहार गर्ने पोखरा महानरपालिकाका एक वडाअध्यक्ष कारबाहीमा परेका छन् ।

छुवाछुत तथा जातीय भेदभाव गरेको आरोप लागेका कास्कीको पोखरा महानगरपालिका-२४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई जिल्ला अदालत कास्कीले साढे ४ महिना कैद फैसला सुनाएको छ ।

अदालतले यसअघि धरौटीमा छोडेकोमा बिहीबार भएको फैसलाले उनलाई ३ महिना कैद र ७५ हजार रुपैयाँ जरिवाना तिराएको हो ।

वडाध्यक्ष अधिकारीले वडा सदस्य मैयाँ नेपालीलाई दलित समुदायको भन्दै गत माघमा दुर्व्यवहार गरेका थिए । आफूमाथि विभेद गरेको भन्दै वडा सदस्य मैयाँ नेपालीले गत माघ ५ गते अधिकारीविरुद्ध उजुरी दिएकी थिइन् ।

न्यायाधीश अवनी मैनाली भट्टराईको एकल इजलासले ३ महिना कैद र ५० हजार रुपैयाँ जरिवानामा ५० प्रतिशत थप गरेर बिहीबार फैसला सुनाएको हो । जातीय तथा अन्य सामाजिक छुवाछुत र भेदभावसम्बन्धी (कसुर र सजाय) ऐन, २०६८ अनुसार जनप्रतिनिधि भएकाले उनलाई ५० प्रतिशत थप सजाय अदालतले तोकेको हो । अधिकारीले पीडित वडा सदस्यलाई १० हजार रुपैयाँ थप क्षतिपूर्ति दिनु पर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank