छठ घाटमा राष्ट्रपतिले गरे छठीमाईको पूजा आराधना

दलित अनलाईन ३ मंसिर २०८०, आईतवार १८:१४

काठमाडौँ —  राष्ट्रपति रामचन्द्र पौडेलले गौरीघाट र कमलपोखरी पुगेर छठीमाईको पूजाआराधना गरेका छन् । धर्मपत्नी सविता पौडेलसँगै उनी पूजास्थल पुगेका थएि। उनले अस्ताउँदो सूर्यलाई अर्घ दिएका थिए।

राष्ट्रपति पौडेल सुरुमा गौरीघाट र त्‍यसपछि कमलपोखरीमा रहेको छठ पूजास्थल गएका थिए। गौरीघाटमा उनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, प्रदेशसभा सदस्य श्रीराम लामिछाने, पशुपति विकास कोषका पदाधिकारी ,आशामान संगत, छठ पूजा आयोजक समितिका पदाधिकारीहरूले स्वागत गरेका थिए।

यसैगरी कमलपोखरी पूजास्थलमा प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री गगनकुमार थापा, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) साह, उपप्रमुख सुनिता डंगोल, महानगरका वडाध्यक्षहरू, छठ पूजा आयोजक समितिका पदाधिकारीहरूले स्वागत गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank