काठमाडौँ — अपिल प्रधानमन्त्री पुष्पकमल दाहालले जलवायु परिवर्तनका कारण नेपालमा परेको असर न्यूनीकरणका लागि ध्यान दिन विश्व समुदायलाई अपिल गरेका छन् ।
नेपाल पर्वतारोहण संघले शनिबार विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविर, कालापत्थरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो अपिल गरेका हुन् ।
प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणबाट आफूले जलवायु परिवर्तनले नेपालमा पारेर नकारात्मक असर न्यूनीकरणका लागि जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको २८ औं सम्मेलन (कोप–२८) बाट ठूलो सहयोग प्राप्त हुने अपेक्षा गरिएको पनि बताए । उनले नेपालमा जलवायु परिवर्तनका पारेका असरबारे सो सम्मेलनमा स्पष्ट कुरा राख्ने पनि बताए ।
सो अवसरमा प्रधानमन्त्री दाहालले खुम्बु क्षेत्रको विकास तथा विस्तार, सगरमाथाको सफाइ र सुरक्षाको कामलाई प्रभावकारी बनाउनका लागि आवश्यक कार्यविधि बनाउने आश्वासन समेत दिए । उनले कालापत्थरमा झन्डोत्तोलन पनि गरेका थिए ।
Leave a Reply