‘जातको प्रश्न’ ‘टक सो’ शनिबारदेखि प्रशारण हुँदै

दलित अनलाईन १६ श्रावण २०७७, शुक्रबार २२:२५

काठमाडौँ— जातको आधारमा हुने विभेदमाथि बहस कार्यक्रम ’जातको प्रश्न’ शानिबारदेखि कान्तिपुर टेलिभिजनमा प्रशारण हुँदै छ ।
अभिनेता राजेश हमालले प्रस्तुत गर्ने ’जातको प्रश्न’ १२ एपिसोडको ’टक सो’ कार्यक्रम समता फाउण्डेसन’ले सुरु गर्न लागेकाे हो । शनिबार ६ः३० बजे अभिनेता हमालले विभिन्न क्षेत्रका मानिसलाई प्रश्न गर्नेछन् ।
नेपालको संविधानले जातीय विभेद तथा छुवाछूतलाई निषेध गरेको छ । यद्यपि कानून, नीति र कार्यक्रम कार्यान्वयनको पक्ष फितलो हुँदा दलित तथा सीमान्तकृत समुदाय विरूद्ध अझै पनि जातीय विभेद र छुवाछूतलगायतका हिंसा भइरहेको छ । दलित तथा सीमान्तकृत समुदाय निरन्तर बहिष्करण र उत्पीडनमा पारिएका छन् । सामाजिक न्यायको मुद्दा जटिल र चुनौतिपूर्ण बनेको छ । शुक्रबार समता फाउण्डेसनले जारी गरेको प्रेस विज्ञप्तीमा भनिएको छ ।

प्रेस विज्ञप्तीको पूर्ण पाठ

नेपालको संविधानले जातीय विभेद तथा छुवाछूतलाई निषेध गरेको छ । यद्यपि कानून, नीति र कार्यक्रम कार्यान्वयनको पक्ष फितलो हुँदा दलित तथा सीमान्तकृत समुदाय विरूद्ध अझै पनि जातीय विभेद र छुवाछूतलगायतका हिंसा भइरहेको छ । दलित तथा सीमान्तकृत समुदाय निरन्तर बहिष्करण र उत्पीडनमा पारिएका छन् । सामाजिक न्यायको मुद्दा जटिल र चुनौतिपूर्ण बनेको छ ।

नेपालको दलित आन्दोलनले समावेशी समानुपातिक प्रतिनिधित्व र सहभागीताको मुद्दा लामो समयदेखि उठाउँदै आएको छ । प्राकृतिक विपद् र सङ्कटको समयमा सीमान्तकृत समुदाय नै सबैभन्दा धेरै प्रभावित हुने वर्षेनी आउने बाढीपहिरो, २०७२ को महाभूकम्प, कोभिड‑१९ र बन्दाबन्दीले पुष्टि गरेको छ । दलित समुदाय विरूद्ध हिंसा झनै बढेको समाचार विभिन्न सञ्चार माध्यममा दिनदिनै आइरहेका छन् । अन्तरजातीय प्रेम सम्बन्धका कारण रूकुम पश्चिममा चार जना दलितसहित ६ जना युवाको हत्या, रूपन्देहीमा १३ वर्षियाको बलात्कारपछि हत्या, खान नपाएर मलर सदाको मृत्यु, प्रहरी हिरासतमा शम्भु सदाको मृत्यु केहि प्रतिनिधी घटना मात्रै हुन् ।

दलित तथा सीमान्तकृत समुदायले भोग्नुपरेको यिनै सामाजिक उत्पीडन र विभेद विरूद्ध नीतिगत बहस तथा पैरवी गरी सामाजिक न्यायको वकालत गर्ने उद्देश्यले समता फाउण्डेशनले टेलिभिजन कार्यक्रम जातको प्रश्न निर्माण गरेको हो । जातको प्रश्नले हरेक नेपालीको घरघरमा पिरोलिरहेको छ । तर यो विषयमा पर्याप्त र सिर्जनात्मक बहस हुनसकेको छैन । त्यसैले प्रत्येक घरघरमा जातको प्रश्नबारे संवाद होस् भन्ने उद्देश्यले यो टेलिभिजन कार्यक्रको निर्माण गरिएको हो ।

दलित समुदायले सामना गरिरहेको जातीय विभेद तथा छुवाछूतका घटना कार्यक्रम उत्पादन टोलीले गाउँ‑गाउँ पुगेर सङ्कलन गर्नेछ । त्यसको आधारमा जिम्मेवार निकाय र सरोकारवाला पक्षसँग कार्यक्रम सञ्चालक अभिनेता राजेश हमालले समाधानमुखी संवाद गर्नेछन् ।

वृत्तचित्र तथा टेलिभिजन कार्यक्रम निर्माणमा अनुभवी शान्ता नेपालीले कार्यक्रमको निर्देशन गर्दैछन् । कार्यक्रमका लागि अनुसन्धान र लेखन सञ्चारकर्मी विवेक रेग्मीले गरिरहेका छन् ।

कार्यक्रम जातको प्रश्न साउन १७ गतेदेखि प्रत्येक शनिबार साँझ ६:३० बजे र राति १० बजे कान्तिपुर टेलिभिजनमार्फत् प्रसारण हुनेछ ।

समता फाउण्डेशन सामाजिक न्यायका लागि ज्ञान उत्पादन, नीतिगत बहस तथा पैरवीको क्षेत्रमा एक दशकदेखि क्रियाशील सामाजिक संस्था हो । नेपाली समाजमा व्याप्त जातीय विभेद तथा छुवाछूत अन्त्यका लागि संस्थाले थुप्रै अध्ययन अनुसन्धान गर्नुका साथै ५० भन्दा धेरै पुस्तक, नीतिपत्र प्रकाशन गरेको छ ।

धन्यवाद ।

प्रदिप परियार

कार्यकारी प्रमुख

समता फाउण्डेसन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank