गरिब तथा विपन्न, दलित समुदायलाई राहत

दलित अनलाईन २० बैशाख २०७७, शनिबार २१:३३

जनकपुर-सरकारले घोषणा गरेको लकडाउनका कारण समस्यामा परेका गरिब तथा विपन्न, दलित समुदायका परिवारलाई स्थानीय समाजसेवी महेन्द्रप्रसाद साहले जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १० मा सहयोग सहित राहत वितरण गरेका छन् ।

शनिबार जनकपुरधाममा राहतको अत्यावश्यक परेका गरिब तथा विपन्न, दलित समुदायका नाम संकलन गरि उनले राहत बाँडेका हुन् ।जनकपुरधाम वडा नम्बर १० मा दलित ,विपन्न तथा गरिब परिवार र भाडामा बस्नेहरुको नाम संकलन गरेर अत्यावश्यकका खाद्यान्न सामग्री सहितकाहरु ३ सय घर परिवारलाई राहत वितरण गरिएको समाजसेवी साहले बताए ।

उनले विगत ४० दिन देखिको लकडाउनका कारण गरिब तथा विपन्न एवं कोठा भाडामा लिएर बसेकाहरुको समस्या दिनादुन बढ्दै गएकाले उनीहरूको पीडालाई मध्यनजर गरि  व्यक्तिगत तवरबाट राहत वितरण गरेको बताए ।

सो कार्यक्रममा समाजसेवी साहलाई नेपाल तरुण दल धनुषाका उपाध्यक्ष राकेश बिक्रम साहले नामावली संकलनदेखि राहत वितरण कार्यमा सहजीकरण गरि सहयोग गरे ।

उनले लामो समयदेखिको बन्दाबन्दीले गरिब दुखिलाई निकै समस्याहरु भोग्नु परेको भन्दै उनले वास्तविक पीडितहरुको पहिचान गरी राहत वितरण कार्यमा सघाएको स्पष्ट पारे ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank