
काठमाडौँ — भूकम्पका कारण जाजरकोट र रुकुमपश्चिममा ज्यान गुमाउनेको संख्या १५७ पुगेको छ। गृह मन्त्रालयका अनुसार जाजरकोटलाई केन्द्रविन्दु बनाई गए राति गएको उक्त भूकम्पमा परी घाइते हुनेको संख्या ३७५ पुगेको छ।
सामान्य घाइतेहरूको स्थानीय र जिल्ला अस्पतालमा भइरहेको छ भने गम्भीर घाइतेहरूको हवाई उद्धार गरी काठमाडौं, सुर्खेत तथा नेपालगन्जमा उपचार भइरहेको छ। भूकम्प प्रभावितको उद्धार तथा राहतमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल जुटेको छ। प्रभावित क्षेत्रमा एक हजार पाँच सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ।
Leave a Reply