नेपालप्रति एनआरएनकाे दायित्व र अधिकारमाथि विमर्श

दलित अनलाईन ९ आश्विन २०८०, मंगलवार ०९:४६

काठमाडौँ —अमेरिकाका ओहायाे राज्यमा नेपालप्रति गैरआवसीय नेपाली संघ (एनआरएनए)काे दायित्व र अधिकारमाथि छलफल भएकाे छ।

गैरआवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिका, ओहायो च्याप्टर र स्थानीय नेपाली संस्थाहरू सेन्ट्रल ओहायो नेपाली एसोसियसन र एसोसियसन अफ नेपाली तराईएन ईन अमेरिकाको संयुक्त आयोजनामा र हिमालयन एडल्ट डे केयर सेन्टरको प्रायोजनमा शनिबार ‘नेपालप्रति गैरआवासीय नेपालीको दायित्व र अधिकार’ विषयक अन्तरक्रिया भएकाे हाे।

गैरआवासीय नेपाली संघ ओहायो च्याप्टरका अध्यक्ष होताराम विश्वकर्माको सभापतित्वमा भएका अन्तरक्रियामा जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, नेपाली काँग्रेस नेत्री रुपा विश्वकर्मा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद साेविता गौतमलगायतका आथिथ्य उपस्थिति रहेकाे थियाे।

अन्तरक्रियामा बाेल्दै डा. राउतले नेपालकाे वर्तमान राजनीतिक अवस्थाबारे बताउँदै संघीय लाेकतान्त्रिक गणतन्त्र सफल भएकाे बताएका थिए।

त्यस्तै काँग्रेस नेत्री विश्वर्माले आफ्नाे पार्टीले युवाकाे प्रतिनिधित्व गर्दै देशकाे विकासमा टेवा पुर्याउनुका साथै प्रवासमा रहेका नेपालीलाई स्वदेश फर्किने वातावरण सिर्जना गर्न पहल गरिरहेकाे बताइन्।

त्यस्तै रास्वपा सांसद गाैतमले देशमा आशाकाे फूल राेपेकाे दाबी गरिन्। कार्यक्रममा गैरआवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाका पूर्वसल्लाहकार डा. दामाेदर पाडैलले अमेरिकाकाे माथिल्लाे सदन काँग्रेसमा बनेकाे ‘काेकसकाे’बारे स्पष्ट पारेका थिए।

साथै उनले काेराेना महामारीमा आफू नेपाल र नेपालीकाे लागि गरेकाे सहयाेग र याेगदानकाे स्मरण गराएका थिए। अन्तरक्रियाकाे क्रममा एन्टाकी अध्यक्ष डा. मिर्दुला गुप्ता र काेनाका अध्यक्ष आनन्द तिवारीले ओहायाे राज्इमा बस्ने नेपालीहरुकाे एकता र भावी पुस्ताहरुलाई नेपाली संस्कृति सिकाउने कुरामा जाेड दिएकाे बताएका थिए।

त्यसैगरी सेवा इन्टरनेसनलका सल्लाहकार शिवप्रकाश मिश्राले नेपाल जाँदा र त्यहाँ सरकारी कार्यालयहरुबाट सेवा लिँदा आफूले भागेका जटिलताहरुकाे बताउँदै देश विकासकाे लागि काठमाडाैँ महानगरपालिका मेयर बालेन साहकाे चर्चा गरेका थिए।

कार्यक्रममा च्याप्टरका अध्यक्ष होताराम विश्वकर्माले हालै नेपाल सरकारबाट पारित गैरआवासीय नेपाली नागरिकता विधेयकबारे चर्चा गर्दै गैरआवासीय नागरिकले तीन पुस्ताको लागि मात्र नभई वंशजकाे नागरिकता पाउनुपर्ने बताएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank