चिकित्सा शिक्षाका समस्याको अध्ययन गर्न कार्यदल बनाउने सहमति

दलित अनलाईन २२ भाद्र २०८०, शुक्रबार २२:४७

काठमाडौं—प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको शुक्रबार बसेको बैठकमा चिकित्सा शिक्षाका क्षेत्रमा देखिएका समस्याको अध्ययन गरी प्रतिवेदन पेस गर्न कार्यदल बनाउन सहमती जुटेको छ।

समितिको बैठकमा चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्याको अध्ययन गर्दै समाधानको उपाय खोज्न कार्यदल बनाउन सैद्धान्तिक सहमति जुटेको हो।

समितिको आगामी बैठकले कार्यदलका सदस्यकाे टुंगाे लगाउने छ। चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्याको अध्ययन गरी सरोकारवालाहरूसँग छलफल गर्न र समाधानका उपायहरू खोज्न कार्यदल बनाउन थालिएको जनाइएको छ।

चिकित्सा शिक्षाको गुणस्तर र सम्बन्धनका विषयमा समितिमा आएका उजुरीका सम्बन्धमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, चिकित्सा शिक्षा आयोग र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) सँग भएको छलफलपछि अध्ययन कार्यदल बनाउन सहमती भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank