सरकार जातीय विभेद र छुवाछुतको घटनामा गम्भिर छ : प्रधानमन्त्री

दलित अनलाईन १२ भाद्र २०८०, मंगलवार १२:३९

काठमाडौँ — प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जातीय विभेदका सरकारको गम्भिर ध्यानाकर्षण भएको बताएका छन ।
मंगलबार प्रतिनिधि सभा बैठकमा भएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रममा सांसद आशा विकले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले जातिय विभेदका घटनामा प्रहरी प्रशासनले संवेदनशीलताका साथ उजुरी नलिएको भन्ने कुरामा सरकारको गम्भिर ध्यानाकर्षण भएको बताएका हुन् ।
सदनमा प्रधानमन्त्रीले भने, ‘नेपालको संविधानले छुवाछुत तथा भेदभाव विरुद्धको हकलाई मौलिक हकको रुपमा सुनिश्चित गरेको छ । जातको आधारमा गरिने छुवाछुत तथा भेदभाव जन्य कार्यलाई गम्भिर सामाजिक अपराधको रुपमा लिदै कानुन बमोजिम दण्डनीय हुने र त्यस्तो कार्यबाट पीडीत व्यक्तिलाई कानुनबमोजिम क्षतिपूर्ति पाउने हकको प्रत्याभुति पनि गरिएको छ । ’
प्रधानमन्त्रीले भने, ‘सरकार यो मौलिक हकको कार्यान्वयनको लागि प्रतिबद्ध रहेको छ यद्यपि मौलिक हकहरुको कार्यान्वयनको लागि सबै तहबाट अझै घनीभुत प्रयास पनि आवश्यक छ । ’
‘यो समस्या देशको एउटा लामो सांस्कृतिक समस्या पनि भएको हुनाले यसको समाधानको लागि, कानुनलाई प्रभावकारी कार्यान्वयनको लागि पनि सबै क्षेत्रको सहयोग अनिवार्य छ । जातिय विभेदका घटनामा प्रहरी प्रशासनले संवेदनशीलताका साथ उजुरी नलिएको भन्ने कुरामा सरकारको गम्भिर ध्यानाकर्षण भएको छ ।
यस्ता घटनाको छानवीन गरी दोषीलाई कारवाही गरिने र यस्ता घटनाहरु आगामी दिनमा हुन नदिन सरकारको गम्भिर ध्यान रहेको जानकारी गराउन चाहन्छु । ’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank