दलित र सीमान्तीकृत समुदायमाथि निरन्तर अन्याय र अत्याचार : सांसद भुवन सुनार

दलित अनलाईन १० भाद्र २०८०, आईतवार १९:२६

काठमाडौँ — नेकपा माओवादी केन्द्रका सांसद भुवन सुनारले आधुनिक नेपालमा पनि गरिब, दलित र सीमान्तीकृत समुदायले न्याय र अधिकार पाउन नसकेको बताएका छन् ।

राष्ट्रिय सभाको आइतबारको बैठकमा सांसद सुनारले आधुनिक नेपालमा पनि गरिब, दलित र सीमान्तीकृत समुदायले न्याय र अधिकार पाउन नसकेको बताएका  हुन् ।

‘हिजो राजतन्त्र थियो, गरिब, दलित र सीमान्तीकृत समुदायमाथि निरन्तर अन्याय र अत्याचार भए पनि उनीहरू सहेर बस्न बाध्य थिए । तर हामीले भनेको आधुनिक नेपालमा पनि त्यही अवस्था हुनु दुःखको कुरा छ,’ उनले भने, ‘अहिले देशमा गरिबका लागि राज्य छैन । ’

सांसद सुनारले मानव विकास सुचकांकको आधारमा सबैभन्दा पिँधमा रहेको समुदायलाई माथि उठाउन सरकारले निरन्तर बेवास्ता गरिरहेको बताए । ‘दलित समुदाय‚ जसले लामो समय राज्य संरक्षित विभेद र अन्याय खेप्यो । तर त्यो समुदायको प्रतिनिधित्व राज्यका निकायहरूमा अत्यन्तै कमजोर छ । निजामती सेवामा त करिब तीन प्रतिशतमात्रै छ,’ उनले भने, ‘सरकारले न्याय नगर्दा पनि सबैले न्यायको आशा गर्ने निकाय सर्वोच्च अदालत हो । तर सर्वोच्च अदालतमा अहिले नयाँ प्रधानन्यायधीश आउनुभएको छ, उहाँले दुई वर्षअघि नै दलित र सीमान्तीकृत समुदायको अधिकारमाथि प्रश्न उठ्ने गरी आरक्षणको व्यवस्था हटाउनुपर्ने भनेर फैसला गर्नुभएको थियो ।’

सांसद सुनारले  सीमान्तीकृत समुदायले अधिकार माग्दा समाजको सद्भाव भड्किने भनेर अहिले कोलाहल मच्चिएको बताए । ‘सीमान्तीकृत समुदायले अधिकार माग्दा सद्भाव भड्कियो भन्न मिल्दैन । हिजो एउटा समुदायले बुझेकै थिएन, उसलाई राज्यबाटै दमन गरियो । आज उसले अधिकार माग्न सक्ने भएको छ, अधिकार मागिरहेको छ, उसले अधिकार माग्दा सद्भाग बिग्रियो भन्न मिल्दैन,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank