सर्लाहीमा दलित महिला कुटिइन : कारबाहीको लागि प्रहरीमा जाहेरी दिदै

दलित अनलाईन २९ श्रावण २०८०, सोमबार १२:०८

काठमाडौं — सर्लाही मलंगवा नगरपालिका वडा १२ गम्हरियाकी दलित महिलामाथि गैरदलित महिलाहरुले जातीय छुवाछुतको निहुँमा कुटपिट गरेका छन् ।
साउन ८ गते विहान घरदेखि उत्तरतर्फ रहेको झिम नदिको शाखा कुलोमा कपडा धुन गएका बेला स्थानीय गैरदलित महिलाहरुले जातीय आधारमा गालीगलौज गरी लिलम देवी पासवानमाथि कुटपिट गरेका हुन् ।
वडा १२ गम्हरियाकी रविता कुमारी यादवको नेतृवमा आएको ५ जनाले लिलम देवी पासवानलाई कुटपिट गरी अचेत अवस्थामा छाडी उनीहरु भागेका थिए ।
कुलोमा घरको लता कपडा सफा गर्न गएको वेला स्थानीय रविता कुमारी यादवले पानी थाप्ने कमण्डलमा दलित समुदाय भएर किन पानी थापेको भन्दै जातीय आधारमा गालीगलौज गरी कुटपिट गरेकी थिइन् । ‘तिमीहरु निच दलित जाति भएर मेरो कमडल छोए, म तिमीलाई छोडदिन भनि जातीय आधारमा गालीगलौज गरी निर्मला देवी राय, सुशिला देवी यादव लगायतले आफुँमाथि कुटपिट गरेको लिलम देवी पासवानले बताइन् ।
रविता कुमारी यादवले ‘ए त पासवान दुसाद दलित जाति भएर किन मेरो कमण्डल (पानी थाप्ने भाडो) छोएको’ भन्दै गाली गलौज गरी कुटपिट गरेको पासवानले जानकारी दिइन् ।
गाउँलेहरुको खबरपछि परिवारका सदस्यहरु आएर लिलम देवी पासवानलाई उपचारको लागि जिल्ला असपताल मलंगवा पुराएका थिएका थिए । पीडित पासवानले आफुँमाथि जातीय आधारमा गाली गलौज गरी कुटपिट समेत भएको भन्दै जिल्ला प्रहरी कार्यालय सर्लाही मलंगवामा जाहेरी दर्ता गर्ने भएको भएकी छिन् ।
पासवानले आफ्नो आत्म सम्मानमा चोटपुरयाई मानव अधिकारको हनन समेत गरी मानव मर्यादामा अघात पुराएको भन्दै जातीय भेदभाव तथा छुवाछुत सम्वन्धी कसुरमा जाहेरी दिने बताइन् । आफुँमाथि जातीय आधामा कुटपिट गर्ने रविताकुमारी यादवको समूहलाई तत्काल पक्राउ गरी कारबाही हुनुपर्ने लिलम देवी पासवानले माग गरेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank