सरस्वती नेपालीलाई ‘ग्लोबल एन्टी–रेसिज्म च्याम्पियन्स अवार्ड’

दलित अनलाईन २५ श्रावण २०८०, बिहीबार १५:३७

काठमाडौं —  अमेरिकी विदेश मन्त्रालयले यस वर्षको ‘ग्लोबल एन्टी–रेसिज्म च्याम्पियन्स’ अवार्ड सरस्वती नेपालीलाई प्रदान गरेको छ । नेपालमा सीमान्तकृत जाति, अपाङ्ग र गरिबहरूको मानवअधिकारको वकालत गर्दै २० वर्ष भन्दा बढी समय विताएकी सामाजिक कार्यकर्ता तथा दलित समाज विकास मञ्चको अध्यक्ष सरस्वती नेपालीलाई उक्त प्रतिष्ठित अवार्ड दिइएको हो । अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लींकेनले वासिंटन डिसीमा आयोजित एक समारोहमा उक्त अवार्ड प्रदान गरेका हुन् ।

नेपालीको प्रयासले नेपालको ग्रामीण पश्चिमी जिल्लाका अनगिन्ती दलित परिवारले जग्गाको कानुनी हक र न्याय पाएका छन् । नेपालीले २००७ मा नेपालको इतिहासमा जातीय भेदभावको पहिलो सफल अभियोजन सहित न्यायको खोजीमा थुप्रै जातीय भेदभाव विरुद्धको मुद्दाहरू जितेकी थिइन् ।

सम्मान र समानताको खोजीमा उनको योगदान साहस र समर्पणको उदाहरण रहेको अमेरिकी दूतावास काठमाडौंले उल्लेख गरेको छ ।

यो बर्ष विश्वका ६ जनालाई यो अवार्ड प्रदान गरिएको हो । यो अवार्ड पाउने अन्यमा मोल्डोभाका एक रोमा मानव अधिकार कार्यकर्ता, ट्युनिसियाका भेदभाव विरोधी एक अश्वेत कार्यकर्ता, बंगलादेशका आदिवासी कार्यकर्ता र आदिवासी नेता, पेरुका एक अफ्रो पेरुभियन सामाजिक कार्यकर्ता र ब्राजिलका एक आदिवासी नेता र वकिल समेत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank