नवनियुक्त मन्त्री डोवाटे विश्वकर्माले लिए पद तथा गोपनीयताको शपथ

दलित अनलाईन २६ आश्विन २०७८, मंगलवार ०५:०७

काठमाडौं – नवनियुक्त मन्त्री डोवाटे विश्वकर्माले पद तथा गोपनीयताको शपथ लिएका छन् ।  सोमबार साँझ प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट विश्वकर्माले बिनाविभागीय मन्त्रीको पद तथा गोपनीयताको शपथ शपथ लिएका हुन् ।

साउन ८  विश्वकर्मामा नै मन्त्री बन्ने पक्का भए पनि अन्तिम समयमा उनको नाम काटिएको थियो । उनको ठाउँमा विन्दुकुमार थापा मन्त्री बनेका थिए । त्यसको चौतर्फी विरोध भएपछि उनलाई मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्रीमा नियुक्त गरेका हुन् ।

मन्त्रीको समथ खाएपछि विश्वकर्माले संविधानअनुसार पाएको जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता जनाए । मन्त्री हुन पाउँदा खुसी लागेको डोबाटेले बताए । ‘पार्टीको आन्तरिक कारणले पहिले पाइनँ । अहिले पार्टीले आवश्यक ठान्यो,’ आइतबार साँझ मन्त्री बन्न लागेको थाहा पाएका उनी भन्छन्, ‘मुख्यमन्त्रीले जुन मन्त्रालय दिएपनि काम गर्छु ।’

मन्त्री डोबाटे विश्वकर्मा कांग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूह निकट मानिन्छन् । आफ्नो गृह जिल्लाका डोबाटेलाई मन्त्रीमा पक्का भएर पनि नाम हटाइएपछि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल रुष्ट भएका थिए ।

संस्थापनइतरका नेताहरुले डोबाटेमाथि अन्याय भएकाले मन्त्री बनाउन दबाब दिँदै आएका थिए । अहिले पौडेलकै प्रस्तावमा सत्तारुढ दलका नेताहरुले समेत सहमति जनाएपछि डोबाटेलाई मन्त्री नियुक्त गरिएको बताइएको छ ।

संविधानको धारा १६८ (९) ले समावेशी सिद्धान्त बमोजिम प्रदेशसभाको कुल सदस्य संख्याको २० प्रतिशतभन्दा बढी नहुने गरी मन्त्रिपरिषद् गठन गर्न सकिने व्यवस्था गरेको छ । अर्थात ६० सदस्यीय प्रदेश सभामा १२ वटासम्म मन्त्रालय बनाउन मिल्छ ।

लामो समयदेखि कांग्रेसको राजनीतिमा सक्रिय विक निष्ठावान नेता मानिन्छन् । २०३६ सालको जनमत संग्रहबाटै पूर्णकालीन कांग्रेस भएर लागेका डोबाटे विकले २०४० सालमा नै कांग्रेसको सदस्यता प्राप्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank