भूमिहीनका नेता बलदेवको स्मृति दिवसमा आन्दोलन र अधिकारको चर्चा 

दलित अनलाईन १८ श्रावण २०८०, बिहीबार १५:३८

सप्तरी—  सिनो बहिष्कार, जोताहा किसान, भूमिहीन, सुकुमबासीको अधिकार आन्दोलनका अगुवा बलदेव रामको छैटाैँ स्मृति दिवसको सन्दर्भमा आन्दोलनलाई थप सशक्त बनाई जग्गा प्राप्तिसँगै दिगो जीविकोपार्जन र सम्मानपूर्वक बाँच्ने वातावरण सिर्जना गरिए उनको सपना साकार हुने बताएका छन्।

स्मृति दिवसको सन्दर्भमा सप्तरीको सुरुंगा नगरपालिका– ४ कदमाहामा बुधबार आयोजित ‘भूमिहीन, सुकुमबासी, हरवाचरवा र मोही किसानको अधिकार र आन्दोलन’ विषयक संवाद कार्यक्रममा वक्ताहरूले जोताहा किसान, भूमिहीन, सुकुमबासी, हरवा-चरवा, हलिया, कमैयाको  थातथलोसहित जीविकोपार्जनका लागि जग्गा तथा पुँजीको व्यवस्थापन नगरेसम्म वास्तविक मुक्ति नहुने भएकाले त्यसका लागि दबाब दिन आन्दोललाई निरन्तरता दिइनुपर्नेमा जोड दिए।

कार्यक्रममा मधेस प्रदेश सरकारका भूमि व्यवस्था, कषि तथा सहकारीमन्त्री गोविन्द न्यौपानले सामाजिक आन्दोलनका अगुवा बलदेव रामको आन्तरिक रूपमा कम्युनिस्टहरूलाई सघाउने भए पनि अधिकार प्राप्तिको आन्दोलनलाई प्रभावकारी बनाउन सबै पार्टीसँग गर्ने समन्वयले भूमिहीन, सुकुमबासी, हरवा-चरवा, हलिया, कमैयाको आन्दोलन देशव्यापी रूपमा विस्तार भएको बताए।

हरवा-चरवा, भूमिहीन सुकुमबासीहरूका लागि पहिलोपल्ट मधेस प्रदेश सरकारको नीति तथा कार्यक्रममार्फत हरवा–चरवा भूमिहीन सुकुमबासीका समस्या सम्बाेधन गर्ने प्रयास गरिएको चर्चा गर्दै हरवा–चरवाको लगत संकलन गरी त्यसपछि अन्य काम गरिने मन्त्री न्यौपानेले उल्लेख गरे।

‘लगत संकलनसँगै हरवा–चरवा, भूमिहीन सुकुमबासीको अवस्था यकिन भए पनि तिनको पुनर्स्थापना, जीविकोपार्जनका लागि कार्यक्रम सञ्चालन गरिनेछ,’ उनले भने।

संवाद कार्यक्रममा सामुदायिक आत्मनिर्भर सेवा केन्द्रका नीति विश्लेषक डा. जगत बस्नेतले गरिबी, जग्गाको लालपुर्जा तथा नागरिकता आपसमा जोडिएको चर्चा गर्दै खेती गर्नेको नाममा जग्गासहित पुँजीको व्यवस्था नगरेसम्म श्रम गर्नेहरू सधैँ गरिब नै रहने बताए।

‘श्रम गर्ने भूमिहीन, हरवा–चरवा, गरिबहरूलाई लालपुर्जासहितको जग्गा नदिएसम्म करार खेती, त्यसका लागि अनुदान दिएर गरिबी घट्दैन,’ उनले भने, ‘गरिबी घटाउने पहिलो भूमिहीन, सुकुमबासी, हरवा–चरवालाई जग्गाधनी बनाइनुपर्छ।’

कार्यक्रममा राष्ट्रिय भूमि अधिकार मञ्चका कार्यवाहक अध्यक्ष पवाैदासिंह स्याङ्वा, पूर्वअध्यक्षहरू सोमप्रसाद भण्डारी, ल्यामबहादुर दर्जी, सामाजिक अभियन्ता तथा पत्रकार अर्जुन थपलिया, हरवा–चरवा अधिकार मञ्चका दशन मण्डल, द फ्रिडम फन्डका ब्रह्मदेव राम, हलिया, हरवा–चरवा आन्दोलनकर्मी बालाराम भट्टराईलगायतले बलदेव रामले देखाएको सामाजिक आन्दोलनलाई टुट्न नदिए उनीप्रति साँचो श्रद्धाञ्जली हुने उल्लेख गरे।

कार्यक्रममा रामकी धर्मपत्नी सुवत्रीवती मोची, पूर्वीसप्तरीमा सिनो बहिष्कार आन्दोलनका अगुवा दुःखी रामका छोरा कमानन्द रामलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank