नुवाकोट — नुवाकोटको दक्षिणी भेगमा रहेको बदेलीको दलितबस्तीमा पिउने पानी योजना सञ्चालन भएको छ। यसबाट दलित समुदायका सयौं सर्वसाधारणलाई पिउने पानीको सुविधा पुगेको छ।
तारकेश्वर गाउँपालिका ३ तारुका बदेलीका ५० घरधुरी दलित समुदायका बस्तीलाई लक्षित गरी १० लाख रुपैयाँको लागतमा गाउँपालिकाले निर्माण गरेको कामीधारा खानेपानी आयोजनाको निर्माण कार्य पूरा भएसँगै दलित समुदायलाई पिउने पानीको सुविधा पुगेको वडाध्यक्ष सुर्यमान श्रेष्ठको भनाइ छ। स्थानीय मिजार समुदायका प्रत्येक घरमा पुगेको धाराबाट दलित समुदायका दुई सय ५० जनालाई प्रत्यक्ष सुविधा पुगेको छ।
नवनिर्मित कामीधारा खानेपानी आयोजनाको तारकेश्वर गापा अध्यक्ष शिव अधिकारी अविरलले उद्घाटन गरे। उनले दलित बस्तीमा अन्य सेवा सुविधा पुर्याउने कार्यका लागि पनि तारकेश्वर गापा क्रियाशील भइरहेको प्रतिवद्धता जनाए।
Leave a Reply