सलाम छ ! खगेन्द्र सुनार र आन्दोलनकारीहरुलाई

अनलाईन डेक्स ६ असार २०८०, बुधबार १०:५३

डा. अम्बेडकरको एउटा प्रसिद्ध भनाई छ यदि दासलाई उ दास हो भन्ने महशुस गराई दियो भने उसले विद्रोह गर्छ । एक जना दलितका विद्धानले अमेरिकाका पूर्व राष्ट्रपति जिम्मी कार्टरको भनाईलाई उद्धृत गर्दै भनेका थिए, नेपालका दलितहरुले यस्तो अपमान र पीडा हुँदा पनि किन वन्दुक बोकेका छैनन ? उनको यो भनाई सुनेपछि नै म दलित आन्दोलनमा होमिएको हो । यी त भए अरुका कुरा, तर अहिले हामीले जे जति उपलव्धीहरु हासिल गरेका छौं त्यो सवै हाम्रो आफ्नै आन्दोलनको वलमा हासिल गरेका हौं त्यसमा कुनै द्धिवाधा छैन । तर जति सुकै उपलव्धी हासिल भएता पनि त्यसलाई लागु गर्ने भनेको सरकारको नीति, कार्यक्रम, बजेट र त्यसको कार्य योजनाले हो जुन काम संघीय तथा प्रदेश सरकारहरुका वजेट वक्तव्य र रातो कितावहरु मार्फत गरिन्छ । नेपालमा दलितका लागि बजेट नै बन्दैनन, बनिहाले पनि त्यसको कार्यान्वन नै हुँदैनन, यदि भई हाले भने पनि त्यसलाई यति विकृत वनाईन्छ कि त्यसवाट सम्वन्धित समुदायले लाभ पाउनुको सट्टा सरकारी कर्मचारीहरुले नै आफ्नो हितमा प्रयोग गर्छन् त्यसका अनेकौ उदाहरणहरु रहेका छन् जसको चर्चा पछि गर्दै लगिने छ ।

विद्रोह जन्माउने कर्णाली प्रदेश
राजधानी वीरेन्द्रनगर सुर्खेतमा दलित अभियन्ता तथा नेता खगेन्द्र सुनारको नेतृत्वमा कर्णाली प्रदेश सरकारले ल्याएको बजेट दलित मैत्री नभएकोमा विरोधको आन्दोलन गरिरहेका छन् । आन्दोलनकारीहरु अधिकांश महिला छन जसले मधेशमा मधेशीहरुले गरे जस्तो लाठो लिएर सडकमा चर्का चर्का नाराहरु लगाई रहेका छन् । उनीहरुले अधिकारको मागलाई चर्को स्वरमा उचालेको देख्दा मनमा अनेकौं प्रश्न तथा उत्साह जो कोहीलाई जाग्छ । आन्दोलनकारी र प्रहरीको संख्या बरावर देखिन्छ, हातमा लाठो बोकेका अधिकांश महिलाहरुलाई पुरै एसएलआर राईफल सहितका प्रहरीहरुले घेरेको देखिन्छ, त्यस्तो भय श्रृजना हुने वातावरणमा पनि निर्धक्क आन्दोलनकारीहरुले प्रदेश सभाभवन अगाडि चर्को नारा लगाई रहेका छन् । त्यसका नेता छन् खगेन्द्र सुनार, सामान्य आर्थिक पृष्ठभूमिका सुनारको उपस्थिति गेरु वस्त्र सहित रुद्राक्षको मालामा देखिन्छ । त्यसले उनी कतै धार्मिक अतिवादी त होईनन भन्ने भान दिन्छ, आशा गरौं उनी त्यस्तो होईनन र विसुद्ध दलित अधिकारका लागि संघर्षको नेतृत्व गरि रहेका हुन ।

विगतदेखि शाही ठकुरीहरुको दवदवा र आतंकमा वाच्न अभिशप्त कर्णालीका दलितहरुलाई पुन पुरानै स्थितिमा राखि राख्न चाहने तीशाही ठकुरी तथाअन्य खस आर्यका शासकहरुलाई नै पुनरावृत्ति गर्न हो ? त्यसो हो भने ती ११९७ दलितहरुका रगतको मूल्य दलितहरुले खोज्ने की नखोज्ने ?

आन्दोलनमा चर्का चर्का नारा लगाउनुका साथै लाठो लिएर उभिए पछि त्यहाँ सानो मात्रै कुनै अपृय घटना हुने वित्तिकै झडपमा परिणत हुनु स्वाभाविक छ अतःत्यो भयो पनि, खगेन्द्र सहित १० जना प्रहरी हिरासतमा रहेका र प्रहरी सहित आन्दोलनकारीहरु पनि घाईते भएको बुझिएको छ । यो आफैमा अपृय घटना हो तर अधिकारको आन्दोलनमा यस्ता अपृय घटनाहरु भई नै रहन्छन यसले आन्दोलनलाई थप उर्जा र शक्ति दिने यो संसारकै स्थापित इतिहास हो ।

यो प्रसंगको वारेमा चर्चा गरि रहँंदा सवै भन्दा आश्चर्य लाग्दो कुरा के छ भने, अहिले ७ वटा प्रदेश प्रमुखहरु मध्ये एक मात्र दलित समुदायका त्यो पनि माओवादी जनयुद्धमा लागि हतियार बोकेका तथा जेलनेल खाएका व्यक्ति छन् त्यति मात्र होईन उनी माओवादीको दलित भातृ संगठन दलित मुक्ति मोर्चाको लामो समय अध्यक्ष रहेका व्यक्ति । उनको परिचय त्यतिमा मात्र सीमित छैन, उनको दलित आन्दोलनमा सकृयता पंचायतको काल रात्रीमा पनि थियो र त्यति वेलामा शीर्षस्थ दलित नेताहरु संग उठवस । अव यस्तो शीखर व्यक्तित्व प्रदेश प्रमुखभएको वेलामा कर्णाली प्रदेशका अर्थमन्त्री तथा मुख्यमन्त्रीहरुले लाज काज भए पनि दलितलाई सम्वोधन हुने खालको नीतिकार्यक्रम र बजेट  ल्याउन पर्ने हो, त्यो किन भएन । दलितका लागि खासै केही नभएको प्रदेशको नीति प्रदेश सभामा वाचन गर्दा प्रदेश प्रमुखको हात किन कांपेन, किन उनको मुख लर्वराएन ? कुनै पनि सरकारको नीति तथा कार्यक्रम संघमा भए प्रधानमन्त्रीको कार्यालय तथा प्रदेशमा भए मुख्यमन्त्रीको कार्यालयले बनाई वाचन गर्नु अगाडि राष्ट्रपति वाप्रदेश प्रमुखलाई पठाईन्छ, त्यसमावाचन गर्ने व्यक्तिलाई त्यसमा चित्तन वुझे सुझाव सहित फिर्ता गर्न सकिन्छ, तर यस्तो दलितविरोधी नीति वन्दा प्रदेश प्रमुखले किन यस्तो गर्न सकेनन, उनले नेपालका ४० लाखभन्दा वढि दलितको विरासतकै आडमा प्रदेश प्रमुख पद पाउंदा पनि त्यसमा न्याय गर्नु पर्दैन ? उनको विगतको दलितआन्दोलनको विरासत केवल यहि प्रदेश प्रमुख पदका लागि थियो, यसमा सवैले गंभीर भएर प्रश्न गर्ने वेला आएको छ ।

अर्को गजव लाग्ने कुरा के छ भने महेन्द्रवहादुर शाही मुख्यमन्त्री भएको वेलामा प्रदेश सचिवहरुको रुपमा सन्त सुनार आर्थिक मामिला मन्त्रालय तथा डा. मान विके सामाजिक विकास मन्त्रालयमा थिए, त्यति वेला सवै ७ प्रदेशहरुको तुलनामा धेरै दलित मैत्री वजेट आएको थियो, तर उनीहरुको सरुवा भएसंगै त्यो परम्परालाई विस्तारै छोडियो र अहिले पुरै उपेक्षा गर्ने स्थितिमा कर्णाली प्रदेश पुगेको देखिन्छ । अर्को आश्चर्य लाग्दो पक्ष के हो भने गठवन्धनको सरकार भएता पनि त्यसको नेतृत्वमा ओवादीले गरेको छ । माओवादीले आफुलाई क्रान्तिकारी भन्छ र अहिले जे जति परिवर्तन भएका छन् धर्म निरपेक्ष राज्य, संघीयता, समानुपातिक समावेशीता, तथा गणतन्त्र उस्कै ऐजेण्डा हुन अरु दलहरु त त्यसमा सोहोरिएर आएका हुन । ठीक छ, यी सवै उपलव्धी माओवादीको नेतृत्वमा आएको हो, तर यो उपलव्धीको श्रेय १७ हजार मारिने मध्ये ११९७जना दलितको रगतवाट पनि आएको होईन, त्यो रगतको वलिदान के केवल प्रचण्डलाई पटक पटक देशको कार्यकारी प्रमुख वनाउनका लागि हो, उनका दाहालवन्धु तथा छोरी ज्वाईहरुलाई सत्तामा हालिमुहाली गराउनका लागि हो ?  या विगतदेखि शाही ठकुरीहरुको दवदवा र आतंकमा वाच्न अभिशप्त कर्णालीका दलितहरुलाई पुन पुरानै स्थितिमा राखि राख्न चाहने तीशाही ठकुरी तथाअन्य खस आर्यका शासकहरुलाई नै पुनरावृत्ति गर्न हो ? त्यसो हो भने ती ११९७ दलितहरुका रगतको मूल्य दलितहरुले खोज्ने की नखोज्ने ?माओवादीले दलितहरुमा सशक्तविद्रोहको चेत जगाईदिएको हो अतः यस्तो खालको उपेक्षा र अन्यायमा दलितहरु चुप लागेर वस्ने कुरा आउदैन ।

अहिले खगेन्द्र सुनार लगायतका आन्दोलनकारीहरु प्रहरी हिरासतमा छन्, राज्यले उनीहरुलाई सडाउन चाह्यो भने अनेक वहानामा सडाउन सक्छ, त्यस पछि त्यो आन्दोलन तुहिन पनि सक्छ वा झन दन्किन पनि सक्छ । देशै भर दलितलाई अहिलेको नीति, कार्यक्रम तथा बजेटले उपेक्षा गरेको यथार्थ हो, त्यसमा देशभरका दलितहरु जागरुक भएर आन्दोलनको ज्वारभाटा उठाउन जरुरी छ त्यसमा झिल्कोको काम गरेको छ खगेन्द्र सुनार तथा उनका साथीहरुले गरेको आन्दोलनले। यसै बीच सत्ताको स्वाद चाख्न नपाए पनि त्यसको आश गरि रहेका ५ वटा दलितका भातृसंगठनहरुले प्रेस विज्ञप्तीको नाटक गरि टोपलेका छन् । उनीहरुको त्यो रुच्ने स्वरको प्रेस विज्ञप्ती देख्दा लाग्छ उनीहरु अझै पनि आफ्नो मातृ पार्टीहरुको तावेदारीमा लागेका छन् । केवल दलित विरोधीभ ईएलाभ न्ने अपजशवाट वच्न उनीहरुले यो प्रेस विज्ञप्ती निकालेको देखिन्छ । तर उनीहरुले के वुझ्नु पर्छ भने यदि दलितकै अधिकारका लागि खोलिएको दलित संगठनहरु हुनभने यस्ता पानीमरुवातालको प्रेस विज्ञप्तीवाट केही हुने वाला छैन, खगेन्द्र सुनार लगायतका आन्दोलनकारीलाई सक्छौं भने मैदानमा उत्रिएर साथ देउ सक्दैनौ भने चुप लागेर वस ।
अहिले देशै भरि सुतेर वसेको दलित आन्दोलनमा झिल्को वालेर कमसेकम दलितका अन्तरआत्मालाई झक्झकाउने काम गरेकोमा खेगेन्द्र सुनार र उनका साथीहरुलाई सलाम छ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank