यो कार्यकालमा भाषण कम, काम धेरै गर्ने प्रतिज्ञा गरेको छु– प्रचण्ड

दलित अनलाईन १६ पुष २०७९, शनिबार १९:४२

काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो कार्यकालमा भाषण कम र काम धेरै गर्ने प्रतिज्ञा गरेको बताएका छन् । प्रत्येक दिन देश, जनता, सुशासन र विकासको पक्षमा काम गर्दै जाने उनले बताए ।

प्रधानमन्त्री बनेपछि पहिलो पटक चितवन पुगेका प्रचण्डले शनिवार नारायणी उच्च माविको हीरक महोत्सव समारोहमा यसपटक काम गरेर जनताको मन जित्ने बताएका हुन् ।

‘हामी विशिष्ट परिस्थितिबाट अगाडि बढ्दैछौँ । यो पटक हरेक दिन देश, जनता, सुशासन र विकासको पक्षमा काम गर्दै जाने निर्णय लिएको छु । नेपाल र नेपाली जनताको आवश्यकता सम्बोधन गर्ने प्रतिबद्धता लिएको छु’, प्रचण्डले भने, ‘चितवनबासीलाई भन्दै आएको थिए–बाँकी जीवन सुशासन र विकासका लागि काम गर्छु भनेर । यो कार्यकालमा भाषण कम र काम धेरै गर्ने प्रतिज्ञा गरेको छु ।’

आफू प्रधानमन्त्री बनेपछि पहिलो बैठकबाट देशको अर्थतन्त्रलाई गतिशील बनाउने निर्णय लिएको उल्लेख गर्दै प्रचण्डले जनताको पीर मर्कालाई केन्द्रमा राखेर काम गर्ने बताए । ‘भ्रष्टाचार र बेथिति नियन्त्रण गर्ने अहिलेको आवश्यकता छ । जनताले पाएको सास्तीलाई अन्त्य गर्ने निर्णय गरेका छौँ’, उनले भने, ‘सुशासन र समृद्धिको एजेण्डालाई सुत्रपात गर्न सबैलाई एकजुट हुन आग्रह गर्न चाहन्छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank