छुवाछूत सम्बन्धीत बनेको कानुन कार्यान्वयन हुनुपर्छ : प्रदेश प्रमुख तिलक परियार

दलित अनलाईन २१ जेष्ठ २०८०, आईतवार ११:०३

काठमाडौं— कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले छुवाछूत अन्त्यका लागि संवैधानिक व्यवस्थालाई तीनै तहका सरकारले कानुन बनाएर लाग्नुपर्ने बताएका छन ।

जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस” २०८० को अवसरमा कर्णाली प्रदेश प्रमुख परियारले शुभकामना सन्देश जारी गदै तीनै तहका सरकार जातीय छुवाछूत अन्त्यका लागि कानुन बनाएर कार्यान्वयनमा लाग्नुपर्ने बताएका हुन् ।

परियारले नेपाली समाजमा कलंकको रुपमा रहेको अमानवीय प्रथाको उन्मूलन गरी साँचो अर्थमा जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसलाई सार्थक बनाउन यो दिवसले प्रेरणा मिलोस भन्दै सामाजिक तथा रुढिबादी सोच,शैली,प्रथा र प्रचलनमा सकारात्मक परिवर्तनद्धारा आपसी एकता सद्भाव ल्याउन विश्वास व्यक्त गरे ।

८ दशक देखिको लोकतान्त्रिक आन्दोलन विशेषत : १० बर्षे जनयुद्ध,१९ दिने जनक्रान्ति र पटक–पटकको दलित मुक्ति आन्दोलन तथा हजारौं दलित समुदायकका योद्धाहरुको बलिदानको उपलब्धी रहेको प्रदेश प्रमुख परियारले बताए ।

परियारले शुभकामना सन्देशमा भनेका छन्,‘ नेपाली समाजमा विगत लिच्छविकालमा प्रवेश गरेको र मल्लकालमा संस्थागत गरिएकोे तहगत जातीय विभेद सहितको वर्णाश्रम जात व्यवस्थालाई शाह वंशीय राजतन्त्रले वि.स. १९१० को मुलुकी ऐन मार्फत जातपात छुवाछुतको स्तर सम्म झारीएको थियो ।

८ दशक देखिको लोकतान्त्रिक आन्दोलन विशेषत :१० बर्षे जनयुद्ध,१९ दिने जनक्रान्ति र पटक–पटकको दलित मुक्ति आन्दोलन तथा हजारौं दलित समुदायकका योद्धाहरुको बलिदानको उपलब्धीको रुपमा “जातीय भेदभाव तथा छुवाछुत उन्मूलन ” २०६३ जेठ १५ गते घोषणा गरिएको थियो । जस्लाई दिवसमो रुपमा मनाउदै आएको कुरा स्पष्टै छ । ती तथा सम्पूर्ण महान शहिदहरु प्रति हार्दिक श्रद्धासुमन र सम्मान व्यक्त गर्दछु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank