५ बुँदे माग राख्दै हरवाचरवाहरुको राष्ट्रिय सम्मेलन हुने

दलित अनलाईन १ माघ २०७७, बिहीबार २२:४०

काठमाडौं— हरवाचरवाको पुनःस्थापनाको प्याकेजसहित प्रयाप्त भूमिको व्यवस्थासहित ५ बुँदे माग राख्दै हरवाचरवाहरुको राष्ट्रिय सम्मेलन हुने भएको छ ।

हरवाचरवा प्रथाको अन्त्यको घोषणा गर, भूमिसहित न्यायपूर्ण पुनःस्थापना गर भन्ने मूल नाराको साथ राष्ट्रिय हरवाचरवा अधिकार मञ्चको दोस्रो राष्ट्रिय सम्मेलन माघ ९ र १० गते लहानमा हुने भएको हो । आगामी माघ ९ गते हुने राष्ट्रिय सम्मेलनको पूर्व सन्ध्यामा धनुषा, सिराह सप्तरीमा तयारी बैठकमार्फत प्रतिनीधि छनोट गरिएको छ । कोभिड १९ का कारण प्रतिनीधिमुलक ढंगले प्रतिनीधत्व गर्ने गरी तीन जिल्लासहित प्रदेश २ का सम्पूर्ण जिल्लाका प्रतिनीधिहरुको सहभागिता रहनेछ ।

 

हरवाचरवा प्रथा
नेपालमा बाँधाश्रम प्रणालीको अन्त्यको शुभारम्भ तत्कालिन चन्द्रशम्सेरले वि.सं. १९८२ बैशाख १ गते गरेको भएपनि पूर्वी नेपालको तराई मधेशमा विद्यमान हरवाचरवा प्रथा आजका दिनसम्म पनि यथावत रहेको छ । २०४६ को परिवर्तन पश्चात कमैया प्रथाको मुक्तिको घोषणा भयो । ऐतिहासिक जनआन्दोलन २०६२÷६३ को आन्दोलनको जगमा २०६५ सालमा हलिया मुक्तिको घोषणा भयो । २०७० मा कमलरीको मुक्तिको घोषणा गरियो । तर अझै पनि हरवाचरवा प्रथाको मुक्तिको घोषणा भएको छैन ।  एउटा पुस्ताले केही ऋण लिएवापत त्यसको व्याजमा पुस्तौं पुस्तादेखि पूरा परिवार वा केही सदस्यले काम गर्नैपर्ने वाध्यात्मक प्रचलन हरवाचरवा प्रथा हो ।

नेपाली समाजकै दासत्वपूर्ण प्रथामध्ये सबैभन्दा खराब र अन्तिम बाँधाश्रम प्रणालीके रुपमा रहेको हरवाचरवा प्रथा अन्त्यको लागि संगठीत भएको संगठन राष्ट्रिय हरवाचरवा अधिकार मञ्चले हरवाचरवा क्षेत्रमा सक्रिय रुपमा काम गदै आइरहेको छ ।

 मागमा के छ ?
१. सर्वप्रथम सरकारले हरवाचरवाका नाममा रहेको अनुचित ऋण खारेजीसहित औपचारिक मुक्तिको घोषणा गरियोस ।
२. स्थानीय तहको नेतृत्वमा सामाजिक संघ÷संस्थाहरुसंगका सहकार्यमा हरवाचरवाको स्पष्ट तथ्याँक संकलन, प्रमाणीकरण र परिचयपत्र वितरण गरियोस ।
३. नेपाल सरकारद्धारा भूमिसम्बन्धी समस्या समाधान आयोग गठन भइसकेको सन्दर्भमा हरवाचरवालाई विशेष सवालको रुपमा प्राथमिकतामा राख्दै जिल्ला स्तरीय आयोग तथा सहजीकरण समूहमा उनीहरुको अनिवार्य सहभागिता सुनिश्चित गर्दै जमिन उपलब्ध गराउने व्यवस्था गरियोस् ।
४. हरवाचरवामाथि हुंदै आएको ऐतिहासिक उत्पीडनको क्षेतिपूर्ति स्वरुप हरवाचरवा परिवारहरुले स्वतन्त्रता पूर्वक सम्मानजनक जिउन सक्ने गरी पुनःस्थापनाको एकीकृत प्याकेज निर्माण गर्दा काम, ज्याला, समानता, स्वतन्त्रता सहित शिक्षा, स्वास्थ्य, दिगो जिविकोपार्जन र रोजगारीको सुनिश्चितता गरियोस ।
५. हरवाचरवाको पुनःस्थापनाको प्याकेजसहित प्रयाप्त भूमिको व्यवस्थाख गरियोस ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank