दलित बस्तीका ३ किशोर र ४ किशोरी दुई दिनदेखि बेपत्ता

दलित अनलाईन ३ जेष्ठ २०८०, बुधबार ०९:०४

जनकपुरधाम  — महोत्तरीको गौशला नगरपालिका ४ स्थित दलित बस्तीका २ किशोर र ४ किशोरी बेपत्ता भएका छन् ।

जेठ १ गते साँझबाट मुसहर बस्तीका २ किशोर र ४ किशोरी बेपत्ता भएपछि अभिभावक र स्थानीय चिन्तित बनेका हुन् । अभिभावकहरुले दुई दिनदेखि खोजी जारी राखेपनि अहिलेसम्म उनीहरुबारे केहि पत्ता लाग्न सकेको छैन ।

स्थानीय १५ वर्षीया पूजा सदा, १३ वर्षीया बिमला सदा, १८ वर्षीया संगिता सदा, १४ वर्षिय करण सदा, १३ वर्षिय राजेश सदा र १७ वर्षिय रीता सदा बेपत्ता भएकी छन् ।

CG

एउटै बस्तीका ६ किशोर–किशोरी बेपत्ता भएपछि उनीहरुको अभिभावकहरुले खोजतलासका लागि जनप्रतिनिधि र प्रहरीलाई गुहारेका छन् ।

गौशला नगरपालिकाकी उपमेयर रेणु कुमारी महतोले किशोर–किशोरीहरु सम्पर्क विहिन भएको खबर पाएपछि पीडितहरुबाट ईलाका प्रहरी कार्यालय गौशलामा निवेदन दिन लगाएको जानकारी दिइन् । उनले भनिन्, ‘हामी पनि खोजी रहेको छौं । तर कतै फेला परेका छैनन् ।’

Shivam Cement

महोत्तरीका प्रहरी प्रमुख एसपी प्रकाश मल्लले एउटै बस्तीका ६ किशोर–किशोरी बेपत्ता भएको जानकारी जेठ १ गते राति १० बजे पाए र त्यति बेलादेखि नै खोजतलास जारी राखेको बताए ।

सिमावर्ती क्षेत्रबाट बालबालिका हराएपछि भारतमा भेट्ने गरेको घटना पटक पटक सार्वजनिक हुन्छ । उनीहरुलाई पनि लोभमा पारेर दलालले भारत लगेको हुनसक्ने अनुमान छ । यस विषयमा एसपी मल्लले भारत लगेको वा नेपालमै रहेको कुरा अहिले केही भन्न नसकिने बताए । उनले भने, ‘अहिलेसम्म पत्ता लागेको छैन । तर खोजतलास जारी राखेको छौं । उनीहरु फेला पर्छन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank