बालबालिकामाथि यौन दुर्व्यवहारको आरोपमा कृषिविज्ञ मदन राई पक्राउ

दलित अनलाईन २९ बैशाख २०८०, शुक्रबार १५:३२

खोटाङ — आफ्नै स्कुलका बालबालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा कृषिविज्ञ मदन राई पक्राउ परेका छन्।

शुभद्रा मदन फाउन्डेसनका सञ्चालक राईलाई आफ्नै फाउन्डेसनमा अध्ययनरत बालबालिकालाई यौन दुर्व्यवहार गरेको आरोप लागेपछि जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको टोलीले शुक्राबार दिउँसो पक्राउ गरेको हो।

राईलाई नियन्त्रणमा लिएर अनुसन्धान बढाएको प्रहरी नायव उपरीक्षक मञ्जिल मुकारुङले बताए। राईविरुद्ध लिखित र मौखिक उजुरी खाएको उनले बताए।

राईले विद्यालयका बालबालिकालाई अश्लील शब्द प्रयोग गर्ने‚ अश्लील हर्कत गर्न लगाउनेलगायत यौन दूराचार गरेको समाचर बिहीबार प्रकाशित भएको छ। सेतोपाटी टडकमले समाचारसहित राईको अश्लील हर्कत झल्किने भिडियो पनि प्रकाशित गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank