छोराको शव बुझ्दिनँ : पनिलाल राम

दलित अनलाईन २८ भाद्र २०७७, आईतवार २१:२०

प्रहरीबाट कुटिएर हत्या भएको र दोषीलाई कारबाही नभएसम्म छोराको शव नबुझ्ने  अडान

काठमाडौं — प्रहरी हिरासतमा रहेका विजय रामको प्रहरी कुटाईबाट अस्पतालमा मृत्यु भएपछि मृतकका परिवार र दलित अधिकारकर्मीहरुले प्रहरी ज्यादतीविरुद्ध आन्दोलन उठाइरहेको छन् । प्रहरी कुटाईबाट मृत्यु भएका विजय रामको मृत्यु भएको अठार दिन भइसकेको छ ।
हिरासतमा रहेका छोराको प्रहरीबाट कुटिए हत्या भएको र दोषीलाई कारबाही नभएसम्म छोरा शव नबुझ्ने अडान लिएका छन् ।
भदौ २ गते विजयलाई जिल्ला प्रहरी गौरबाट खटेको प्रहरी निरीक्षक नवीनकुमार सिंहसहितको टोलीले महिला सेलको हिरासत कक्षमा कुटेर हत्या कबुल गर्न लगाएको परिवार संघर्ष समितिको आरोप छ । प्रहरीको कुटाईबाट विरामी भएका विजयलाई २ दिनपछि भदौ ४ गते राति उपचारका लागि वीरगन्ज पु¥याए पनि १० गते बिहान उनको मृत्यु भएको थियो ।
प्रहरी हिरासतमा रहेका विजय रामको प्रहरी कुटाईबाट हत्या भएको भन्दै भदौ १० गते घटना भएको विहानबाटै गरुडामा प्रहरीविरुद्ध दलित समुदाय र मृतकका आफन्तहरुले प्रदर्शन सुरु गरेका थिए । विजय राम न्याय संघर्ष संमितिले १० वुँदे माग राख्दै प्रदेशन अझै तेजिलो बन्दै गइरहेको छ ।

‘मेरो छोरालाई प्रहरीले कुटेर मा¥यो । जबरजस्ती हो भन्न लगाउने यो कस्तो अनुसन्धान हो,’ उनले भने, ‘जबसम्म निष्पक्ष छानबिन र दोषीमाथि कारबाही हुँदैन तबसम्म शव बुझ्दिनँ ।’

संघर्ष समितिले आन्दोलनको घोषणा गदै आन्दोलन चर्काउँदै गएका बेला विजयको शवलाई पोस्टमार्टमका लागि काठमाडौं ल्याएको थियो । विजय रामको शव अहिले काठमाडौंस्थित शिक्षण अस्पताल ।
परिवारले छोरालाई यातना दिने सुरक्षाकर्मीविरुद्ध मुद्दा दर्ता, उचित क्षतिपूर्ति, निष्पक्ष छानबिन, सहिद घोषणा, निरञ्जनको हत्यामा संलग्न दुई जना फरार रहेकाले उनीहरूलाई पक्राउ गर्नुपर्नेलगायत माग राखेका छन् । विजयलाई कुटपिट गरेको आरोप लागेका प्रहरी निलम्बनमा परिसकेका छन् ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले विजयको शव अहिलेसम्म काठमाडौंमै रहेको बताए । प्रहरीले हत्यामा संलग्न भन्दै पक्राउ गरेका ७ जनालाई कर्तव्यज्यान मुद्दा चलाइसकेको छ । विजयका बुबा पनिलालले माग पूरा नभएसम्म छोराको शव नबुझ्ने बताए । ‘मेरो छोरालाई प्रहरीले कुटेर मा¥यो । जबरजस्ती हो भन्न लगाउने यो कस्तो अनुसन्धान हो,’ उनले भने, ‘जबसम्म निष्पक्ष छानबिन र दोषीमाथि कारबाही हुँदैन तबसम्म शव बुझ्दिनँ ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank