काठमाडौं — उपनिर्वाचन अन्तर्गत तीन निर्वाचन क्षेत्रमा भएको मतदानको समय सकिएको छ। मतदानका लागि बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्मको सयम तोकिएको थियो।
मतदानको समय सकिए पनि ५ बजे अगावै मतदान केन्द्रमा लाइनमा रहेका मतदाताले भने मत खसाल्न पाउने छन्।
चितवन २, तनहुँ १ र बारा २ मा उपनिर्वाचन भएको थियो निर्वाचन सकिएलगत्तै बेलुकाबाट मतगणना सुरु हुने आयोगले जनाएको छ।
निर्वाचन लगत्तै मतगणना शुरु हुने भएकाले निर्वाचनको परिणाम चाँडै आउने भएको छ।
Leave a Reply