भोजमा जातीय विभेद गर्ने अध्यक्ष यादवले भने : ‘ म कानुन बमोजिम कारबाही भोग्न तयार छु ’

दलित अनलाईन २७ फाल्गुन २०७९, शनिबार १२:२३

काठमाडौं भोजमा दलित, गैरदलित र मुस्लिमलाई प्लेकार्ड नै टाँसेर सिराहा भवानीपुर गाउँपालिका अध्यक्ष उग्रनारायण यादवले कानुन बमोजिम कारबाही भोग्न आफुँ तयार रहेको बताएका छन् ।

सिराहाको भगवानपुर गाउँपालिकाका अध्यक्ष उग्रनारायण यादवले आफ्नी दिवंगत आमाको १३औँ दिनको पुण्यतिथिमा सोमबार गरेको भोजमा जात र समुदायअनुसार फरक–फरक ठाउँमा बसेर खाने प्रबन्ध गरी जातीय विभेद गरेका थिए ।

त्यसलगतै राष्ट्रिय दलित आयोग र  विभिन्न राजनीतिक दलनिकट भ्रात्रृ सङ्गठन र दलित सङ्घ/संस्थाहरूले विरोध जनाएपछि गाउँपालिका अध्यक्ष  यादवले कानुन बमोजिम  कारबाही भोग्न आफुँ तयार रहेको बताएका हुन् ।

दलित अनलाईन डटकमसँग कुराकानी गर्दै अध्यक्ष यादवले आफुँले जातीय छुवाछुत गर्ने उद्देश्यले भोज आयोजन नगरिएको बताँउदै सार्वजनिक रूपमा आत्मालोचना गर्दै माफी मागेको बताए।

सार्वजनिक भोजमा अध्यक्ष यादवले विभेद गरेपछि चौतर्फी विरोध, आलोचना र कारबाहीको मागपछि उनले शुक्रबार पत्रकार सम्मेलनमा माफी मागेका थिए ।

भोज व्यवस्थापनका क्रममा अन्जानमा कुनै वर्ग, धर्म, सम्प्रदाय र जातलाई आत्मसम्मानमा चोट पुग्ने किसिमको वा जातीय विभेदलाई संकेत गर्ने कार्य भएको स्विकार्दै अध्यक्ष यादवले आत्मालोचना गरे । ‘जिम्मेवार राजनीतिक दलको कार्यकर्ता तथा निर्वाचित जनप्रतिनिधिका रूपमा नेपालको संविधानमा व्यवस्था गरिएको सम्मानपूर्वक बाँच्न पाउने हक, छुवाछुत तथा भेदभावविरुद्धको हकसहित दलित समुदायको सम्पूर्ण हकप्रति पूर्ण जानकार हुँदाहुँदै भोजको व्यवस्थापन गर्ने व्यक्तिबाट जातीय छुवाछुत हुने गरी भएको कामले स्तब्ध भएको छु,’ उनले भने  ।

जिम्मेवार राजनीतिक दलको कार्यकर्ता तथा निर्वाचित जनप्रतिनिधिका रूपमा नेपालको संविधानमा व्यवस्था गरिएको सम्मानपूर्वक बाँच्न पाउने हक, छुवाछुत तथा भेदभावविरुद्धको हकसहित दलित समुदायको सम्पूर्ण हकप्रति आफू पूर्ण जानकार हुँदाहुँदै भोज व्यवस्थापन गर्ने व्यक्तिबाट जातीय छुवाछुत हुने गरी भएको कामले आफू स्तब्ध भएको यादवले बताए । ‘घरको कान्छो छोरा भएकाले पूजामा आफैँ बसेको थिएँ, दिउँसो ३ बजेतिर पूजा सकिँदासम्म घरदेखि पश्चिम, दक्षिण र पूर्वपट्टि करिब पाँच बिघा क्षेत्रफलको खाली खेतमा बसेर सयौँले सामान्य रूपले खाइरहेका थिए,’ उनले भने, ‘आ–आफ्नो जातीय समुदायको अगुवाइ गरेका मान्यजनले प्लेकार्ड कहाँ कसरी राखेका थिए भन्ने देखिनँ । देखेको भए तत्काल रोक्ने थिएँ ।’

गाउँपालिका अध्यक्षसँगै राजनीतिक दलको जिम्मेवार कार्यकर्ताको हैसियतमा संविधान, प्रचलित ऐन–कानुन, मानव अधिकार एवं जातीय विभेदविरुद्धका अन्तर्राष्ट्रिय महासन्धि, मूल्य–मान्यताप्रति आफू पूर्ण प्रतिबद्ध रहेको उनले जिकिर गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank