प्रधानमन्त्रीद्वारा नवनिर्वाचित राष्ट्रपतिलाई बधाई, कार्यकाल अद्वितीय हुने विश्वास

दलित अनलाईन २५ फाल्गुन २०७९, बिहीबार २१:५७

काठमाडौँ —प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष  पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिको रूपमा रामचन्द्र पौडेलको कार्यकाल अद्वितीय र अनुकरणीय रहने प्रचण्डको विश्वास लिएका छन् ।

राष्ट्रपतिमा निर्वाचित भएपछि पौडेललाई बधाई तथा शुभकामना दिँदै प्रचण्डले यस्तो बताएका हुन् ।

‘नेपालको राष्ट्रपति पदमा निर्वाचित हुनुभएकोमा सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेललाई हार्दिक बधाई ज्ञापन गर्दछु’, प्रचण्डले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘राष्ट्रको अभिभावक, संविधानको रक्षक एवं गणतन्त्रको गौरवका रूपमा यहाँको कार्यकाल अद्वितीय र अनुकरणीय रहने विश्वास व्यक्त गर्दै संघीय संसद् र प्रदेशसभाका सम्पूर्ण माननीयज्यूहरूप्रति आभार व्यक्त गर्दछु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank