प्रधानमन्त्री–गृहमन्त्रीबीच भेट : सिंहदरबारमा नागरिकको सहज पहुँच पुर्‍याउन छलफल

दलित अनलाईन १६ पुष २०७९, शनिबार ११:१७

काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ र गृहमन्त्री रवि लामिछानेबीच भेटवार्ता भएको छ। गृहमन्त्री लामिछाने प्रधानमन्त्री ‘प्रचण्ड’ लाई भेट्न शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए।

भेटमा गृहमन्त्री लामिछानेले सिंहदरबारमा नागरिकको सहज पहुँच पुर्‍याउन प्रधानमन्त्रीसँग छलफल गरेका थिए। भेटमा उनले आम नागरिकलाई सिंहदरबार प्रवेश गर्न सक्ने वातावरण बनाउन भन्दै छलफल गरेका हुन्।

भेटमा कोरोना संक्रमण व्यवस्थापनका लागि सीमा क्षेत्रमा सावधानी अपनाउने, हवाई र स्थलमार्गबाट आउने पर्यटकलाई ध्यानमा राखी स्वास्थ्य डेस्क र होल्डिङ सेन्टर स्थापना गर्ने विषयमा छलफल भएको बताइएको छ।

तराईमा शीत लहर र हिमाली क्षेत्रमा हिमपातको व्यवस्थापन सहज रुपमा गर्न आवस्यक तयारी गर्ने विषयमा पनि प्रधानमन्त्री र गृहमन्त्रीबीच छलफल भएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank