सर्लाहीमा चिसोले कठ्यांग्रिएर श्रीपतिदेवी पासवानको मृत्यु

दलित अनलाईन १३ पुष २०७९, बुधबार १९:२७

सर्लाही — सर्लाहीमा चिसोले कठ्यांग्रिएर एक वृद्धाको ज्यान गएको छ। बसबरिया गाउँपालिका–५, धनगढानिवासी ७९ वर्षीया श्रीपतिदेवी पासवानले चिसोका कारण ज्यान गुमाएकी हुन्।

आगो ताप्नका लागि दाउरा लिन गएको अवस्थामा  पासवान बाटोमा लडेर अचेत भएको परिवारले जनाएको छ। उनलाई तत्काल परिवारका सदस्यले अस्पताल लगेका थिए। अस्पताल लग्दै गर्दा बाटोमै उनको मृत्यु भएको उनका छोरा बच्चेलाल पासवानले बताए।

लगाउन र ओढ्न न्यानो कपडा नभएपछि पानवान चिसो छल्न दाउराको जोहो गर्न बाहिर गएकी थिइन्। बाहिर गएको अवस्थामा चिसो कठ्यांग्रिएर उनी बाटोमै लडेको अवस्थामा फेला परेकी थिइन्।

यस पहिला कुनै रोग नरहेकी आफ्नी आमा चिसोले कठ्यांग्रिएर ज्यान गएको छोरा बच्चेलालले बताए। वृद्धाको ज्यान जानुको कारणबारे बुझ्ने काम भइरहेको सर्लाहीका प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठले बताए। सर्लाहीमा वर्षेनी चिसोले कठ्यांग्रिएर विपन्न परिवारले ज्यान गुमाउनुपरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank