सप्तरीमा पाँच दलितको मृत्यु, अनुगमनका लागि मधेसी आयोगबाट टोली खटाइने

दलित अनलाईन ३ पुष २०७९, आईतवार १६:१९

काठमाडौँ — सप्तरीको कन्चनरुप नगरपालिकामा पाँच जना अति विपन्न मधेसी दलितहरुको मृत्यु भएपछि मधेशी आयोगले ध्यानाकर्षण भएको जनाएको छ ।  उपचारकै अभावमा उनीहरूको मृत्यु भएको घटनाबारे अनुगमनका लागि आयोगले एक अनुगमन टोली पठाउने भएको छ ।

आयोगकी उपसचिव सबिता डंगोलले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै राज्यले हरेक नागरिकको उपचारको ग्यारेन्टी गरेपनि वर्षेनी हुने यस्ता घटनाप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेकी छन् ।

आयोगका अध्यक्ष डा विजयकुमार दत्तले आयोगले यस्ता संवेदनशील घटनाहरुको अल्पकालीन र दीर्घकालीन समाधानको लागि विभिन्न समयमा सिफारिस र ध्यानाकर्षण गराएपनि सरकारको बेवास्ताले गर्दा घटनाहरु दोहोरिने गरेको बताए ।

आयोगले पीडित परिवारलाई सहयोग गर्न र बिरामीहरुलाई यथोचित स्वास्थ्य उपचारको प्रबन्ध मिलाउन सरकारलाई आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank