राष्ट्रिय प्रतिबद्धता : ‘दलित समुदायलाई अतिरिक्त विशेष सुविधा उपलब्ध गराइने’

दलित अनलाइन बैशाख १, २०८३

काठमाडौँ —   दलित समुदायलाई सरकारले समावेशीकरणका अतिरिक्त विशेष सुविधा उपलब्ध गराउने सरकारले प्रतिबद्धता जनाएको छ ।

‘दलित समुदायलाई समानुपातिक समावेशीकरणका अतिरिक्त विशेष सुविधा उपलब्ध गराइनेछ,’ आज सार्वजनिक राष्ट्रिय प्रतिबद्धतामा सरकारले भनेको छ । यसअघि सार्वजनिक सरकारका सय कार्यसूचीमार्फत दलित समुदायसँगले माफी मागेको थियो ।

NMB

राष्ट्रिय प्रतिबद्धतामा अतिरिक्त सुविधाको प्रतिबद्धता गरिएको छ । ‘दलित समुदायको उत्थान र मुल प्रवाहीकरणका साथै संवैधानिक र राज्यका अन्य संरचनामा समावेशी समानुपातिक सहभागिता सुनिश्चित गरिनेछ,’ सरकारले प्रतिबद्धता जनाएको छ ।

सामाजिक समावेशीता कायम गर्न महिला, मधेशी, थारु, मुस्लिम, आदिवासी जनजाति समुदायबारे पनि प्राथमिकताका कार्यक्रमहरु ल्याइने प्रतिबद्धता सरकारले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank