समानुपातिकतर्फ कुन दलको कति मत ?

दलित अनलाईन १४ मंसिर २०७९, बुधबार १७:४४

काठमाडौंप्रतिनिधिसभा सदस्यको समानुपातिक प्रणालीतर्फ हालसम्म एक करोड ४२ हजार नौ सय ३२ मतगणना भएको छ।

निर्वाचनका लागि कुल मतदाता एक करोड ७९ लाख आठ हजार आठ सय ५० रहेका थिए। प्रारम्भिक विवरणमा ६१ प्रतिशत (एक करोड नौ लाख ७३ हजार २७) मत खसेकामा अब करिब नौ लाख मतगणना बाँकी रहेको देखिएको छ।

निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएअनुसार उक्त प्रणालीतर्फ प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले निरन्तर अग्रता लिइरहेको छ। हालसम्म उक्त दलले २७ लाख १३ हजार ८२५ मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसले २५ लाख ७७ हजार ३९० मतसहित दोस्रो स्थानमा रहेको छ।

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले ११ लाख ५० हजार ६६३, राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख १ हजार छ सय १६२, राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ७५ हजार १३, जनता समाजवादी पार्टी (जसपा) ले ४ लाख ८ सय ९३१ र जनमत पार्टीले ३ लाख ७६ हजार १५९ मत प्राप्त गरेका छन्।

नेकपा एकीकृत समाजवादीले २ लाख ८९ हजार ४८८ मत ल्याएकाे छ। साे पार्टी राष्ट्रिय दल बन्न संघर्षरत छ।

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ एक सय ६५ क्षेत्रमध्ये एक सय ६१ क्षेत्रको परिणाम सार्वजनिक भइसकेको छ। सुनसरी ४, स्याङ्जा क्षेत्र नं २, दोलखा र बाजुराको परिणाम आइसकेपछि आयोगले ‘सेन्ट लग’ सूत्रअनुसार दलहरूले बुझाएको अन्तिम बन्द सूचीबाट समानुपातिकमा पाउने स्थान (सङ्ख्या) निर्धारण गर्नेछ।

दोलखाका १० मतदान केन्द्रमा यही मङ्सिर १५ गते पुनः मतदान हुँदैछ भने स्याङ्जा र बाजुराको मतदानमा भएको विवादबारे चाँडै निकास दिइने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank