पूर्वमन्त्री विश्वेन्द्र पासवानको घोषणा : अस्पतालमै आत्मदाह गर्छु

दलित अनलाईन २० भाद्र २०७७, शनिबार २२:५२

काठमाडौ— प्रहरी कुटाईबाट हिरासतमा रहेका विजय रामको हत्या भएको र पीडित परिवारको न्यायको लागि भनेर आमरण अनशनमा बसेका पूर्व सांसद तथा पूर्वमन्त्री विश्वेन्द्र पासवानले अस्पतालमा आत्मदाह गर्ने घोषणा गरेका छन् ।
पासवानले प्रहरी–प्रशासनले योजनावद्ध रुपमा कुनै बेला हत्या गर्ने सक्ने गरी दुर्व्यवहार गरेको भन्दै अस्पतालमै आफुले समुदायको लागि आत्मदाह गर्ने घोषणा गरेका हुन् ।
१३ गतेदेखि अनिश्चितकाली आमरण अनशनमा बसेका पासवानलाई प्रहरीले उपचारको लागि अपहरणको शैलीमा धरानस्थिति बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पु¥याएपछि पासवानले अपस्तालमा प्रहरीबाट विभिन योजना बुन्दै हत्या गर्ने सक्ने बताउँदै प्रहरीसँग झुक्नुभन्दा समुदायको लागि आत्मदाह गर्ने घोषणा गरेका बताए ।
अस्पतालको इमर्जेन्सीभन्दा बाहिर बसेर समाजिक सञ्जाल फेसबुकमा लाइभ गदै पासवानले प्रहरीले सुनियोजितमा आफुलाई मार्ने योजनासहित अस्पताल लगेको दावी गरेका छन् । पासवानले गरुडाबाट ल्याउँदा अपहरणको शैलीमा मोबाइल समेत नियन्त्ररणमा लिएर कठिन यात्रा गरी अनशन तोडाउन् प्रहरी प्रशासन लागेको र आफ्लाई कुनै पनि वेला हत्या गराउन सक्ने भन्दै सबैलाई खबरदारी गर्न भिडियोमार्फत आग्रह समेत गरेको बताए । ‘मलाई कुनैपनि बेला मार्ने सक्छन्, म अस्पतालमै आत्मदाह गर्न सक्छु तर प्रशासनको अघि झुक्दिनन् ।’
उनले विरामी नभएको मान्छेलाई जताभावी सुई घोचिदिएर दुई हात सुनिएको समेत बताएका छन् । ‘मलाई कुनै रोग छैन, तर मलाई छोड्दिनुहोस भन्दा प्रहरीले छोड्दैन् । ’
प्रहरी प्रशासनबाट कुनै पनि बेला आफुको हत्या हुने सक्ने दावी गर्ने पासवानले के कारणले उनको हत्या गर्ने कसले खोजेको हो त्यो भने कुरा खुलाएका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank