महोत्तरीमा शिक्षकको कुटाइबाट दलित छात्रा घाइते

दलित अनलाईन १२ भाद्र २०७९, आईतवार १८:०३

महोत्तरी —  औरही नगरपालिकास्थित प्रसाद माध्यामिक विद्यालययमा अध्ययनरत  एक दलित छात्रा शिक्षकको कुटाइबाट घाइते भएकी छिन् । कक्षा-६ मा पढ्ने आरतीकुमारी महरालाई गृहकार्य नगरेको भन्दै शिक्षकले निर्ममतापुर्वक बाँसको लठ्ठीले हानेर घाइते बनाएका हुन् । छात्राकाे अहिले अस्पतालमा उपचार भइरहेकाे छ ।

कक्षा-६ विज्ञान विषयका शिक्षक दिपेश यादवले गृहकार्य नगरेको भन्दै  उनीमाथि  निर्घात कुटेकाे गरेको परिवारको आराेप छ । बलिकाकाे शरीरभरी लठ्ठीकाे सुम्ला छ ।यसैको पीडाले ज्वरो आएको उपचारमा सग्लन स्वास्थ्यकर्मीले जानकारी दिए ।

विद्यालयले पनि शिक्षक यादवले कुटेकाे स्विकार गरेको छ । कुटाईपछि हो-हल्ला भएपछि-अभिभावक राखेर घटना गुपचुप बनाउन खोजेको अभिभावकहरूको गुनासो छ । विद्यालयका प्रधानध्यापक शिवशरण यादवले हामीलाई बोलाएर उपचार खर्च भन्दै पैसा दिन खोजे । तर हामीले मानेनौँ । ´बलिकाका बुबा साजेन्द्र महराले भने । हामी शिक्षकलाई कडा कारवाही होस् भन्ने चाहान्छौँ ।´

‘शिक्षक यादवको यातनाकै कारण बालिका त्रसित बनेकी छिन् । अरु विद्यालयमा भए पढ्ने तर त्यो विद्यालयमा अब नजाने भनेर छोरी चिच्याउँछिन ।´ उनकी आमा सुन्दरकलाले भनिन् ।

प्रधानध्यापक शिवशरण यादवले घटनामाथि छानबिन गरी कारवाही प्रक्रिया अगाडि बढाउने पीडित पक्षलाई आश्वासन दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank