काठमाडौं — नेपाल प्रेस युनियनको अध्यक्षमा शिव लम्साल विजयी भएका छन् । ८ वर्षअघि संस्थापन पक्षका बद्री सिग्देलसँग पराजित भएका लम्सालले यसपटक संस्थापनकै अनिता बिन्दूलाई पराजित गरेका छन् ।
हेटौंडामा शनिबार सम्पन्न भएको निर्वाचनमा अध्यक्षमा लम्सालले संस्थापन निकटकी उम्मेदवार अनिता विन्दूलाई पराजित गरेका हुन् । अध्यक्षमा शेखर–गगन समूहका शिव लम्साल पदाधिकारीसहित केन्द्रीय कार्य समितिका अधिकांश पदमा पनि लम्साल प्यानलकै बाहुल्य भएको छ ।
महासचिवमा पौडेलले संस्थापनका जगन्नाथ दुलाललाई पराजित गरे । खुला उपाध्यक्षमा पनि लम्साल प्यानलबाट उम्मेदवार बनेका नेपाल नकुल अर्याल निर्वाचित भएका छन् । खुला उपाध्यक्षकै अर्को एक कोटामा भने संस्थापन पक्षका भीष्मराज ओझा विजयी भएका छन् ।
यस्तै कोषाध्यक्षमा पनि संस्थापन पक्षका माधव धिताल विजयी भएका छन् । कांग्रेसको १४ औं महाधिवेशनपछि संस्थापन पक्षसँग हरेक विषयमा मतान्तर राख्दै आएको कोइराला पक्षले प्रेस युनियनको चुनावलाई यसपटक निक्कै प्रतिष्ठाको विषय बनाएको थियो । र, सोहीअनुसार नतिजा पनि ल्याइरहेको छ ।
हालसम्म जितेका :
अध्यक्ष : शिव लम्साल
वरिष्ठ उपाध्यक्ष : प्रेम केसी
उपाध्यक्ष : भीष्मराज ओझा, नकुल अर्याल
महासचिव : दिलीप पौडेल
कोषाध्यक्ष : माधव धिताल
सचिवमा केदार दाहाल विजयी भएका छन् । अन्य तीन कोटाको नतिजा आउन बाँकी छ ।
Leave a Reply