पाल्पामा बस दुर्घटना, ६ को मृत्यु, १७ जना घाइते

दलित अनलाईन ८ श्रावण २०७९, आईतवार १९:३१

पाल्पा —पाल्पाको रिब्दीकोट गाउँपालिका–२ रिब्दीकोटमा आइतबार अपराह्न भएको बस दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । १७ जना घाइते भएका छन् । गुल्मीको मजुवाबाट बुटवल आउँदै गरेको लु १ ख ५९५२ नम्बरको बस पाल्पाको रिब्दीकोट २ मा दुर्घटना हुँदा ३ महिला, ३ पुरूष गरी ६ जनाको मृत्यु भएको घटनास्थल रहेका प्रहरी उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिए ।

घटनास्थलमा पाल्पाको अर्गली र हार्थोक प्रहरी चौकीबाट प्रहरी पुगेको शाहीले बताए । अपरान्ह साढे ४ बजेको समयमा दुर्घटना भएको बस सडकबाट करिब १ सय मिटर तल खसेको प्रहरीको भनाइ छ। 

घाइतेहरूको तानसेन अस्पतालमा उपचार भइरहेको र मृतकको सनाखत हुन बाँकी रहेको  शाहीले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank