काठमाडौं— भक्तपुरको सानोठिमीस्थित प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले डिप्लोमा इन फार्मेसी कोर्स अध्ययनका लागि उम्मेदवारको छनोट गर्दा दलित कोटामा गैरदलित विद्यार्थीको नाम राखेको पाइएको छ ।
सीटीईभीटीद्वारा गत असार ३० गते प्रकाशित अन्तिम नतिजामा दलित समुदायमा नपर्ने मधेसी मूलका बिन (मुखिया) जातिका रामलाल मुखियाकी छोरी मानकी कुमारीलाई मुख्य उम्मेदवारका रूपमा राखिएको हो। तर दलित समुदायमा सूचीकृत चमार जातिका अछेलाल रामका छोरा निप्पुकुमार रामलाई चाहिँ वैकल्पिक उम्मेदवारमा उल्लेख गरिएको छ ।
सर्लाहीको मलंगवा नगरपालिका वडा नम्बर ४ निवासी निप्पुकुमार रामले यस विषयमा उजुरी गरेपछि राष्ट्रिय दलित अयोगले नतिजा सूची सच्याउन सीटीईभीटीलाई पत्राचार गरिसकेको छ ।
सीटीईभीटीसानोठिमी ,भक्तपुरले प्रकाशित गरेको सूचना अनुसार प्रदेश न २ का लागि दलित विद्यार्थीलाई डिप्लोमा इन फार्मेस कोर्स अध्ययनका लागी ५ वटा कोटा आरक्षित गरेको थियो । तर ३० गते सीटीईभीटीले प्रकाशन गरेको नतिजालाई तत्काल सच्चाउनु पर्ने दलित अधिकारकर्मीहरुले माग गरेका छन् ।
संघीयता पश्चात् गठित प्रदेश न २ मा रहेको दलित विकास समितीका उपाध्यक्ष रामप्रवेश बैठाले साउन ८ गतेका दिन सीटीईभीटीलाई लित कोटामा निप्पुकुमार रामको नाम कायम हुनुपर्ने माग सहित पत्र पठाएको बताए ।
दलित समुदायको सर्बाङिन विकास नगरी कृतिम दलित थप्दै जानू राज्यले वेवास्ता गरेको दावी उपाध्यक्ष रामप्रवेश बैठाले गरे ।
Leave a Reply