‘हामीले बद्रीलाई बोक्ने, सुदूरपश्चिमलाई बद्रीले रोक्ने’

दलित अनलाईन ४ श्रावण २०७९, बुधबार २१:०१

काठमाडौं  —  नेपाल प्रेस युनियनको साउन ६ र ७ गते हेटौडामा हुन गइरहेको नवौं महाधिवेशनमा उम्मेद्वारी चयनमा प्रेस युनियन संस्थापन पक्षमा व्यापक असन्तुष्टि देखिएको छ ।

मंगलबार दिउँसो शेरबहादुर देउवा पक्षीय संस्थापन पक्षले प्रधानमन्त्री निवास बालुवाटारमा बसेर प्रेस युनियनका आधिकारिक उम्मेदवार टुङ्ग्याएको थियो । अध्यक्षमा अनिता बिन्दु, वरिष्ठ उपाध्यक्षमा सरोज अधिकारी, महासचिवमा जगन नाथ दुलाल, कोषाध्यक्षमा माधव धितालको नाम टुंगाइएको थियो ।

प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश बिष्ट, डा. सुरेश आचार्य, पार्टी प्रवक्ता डा.प्रकाशशरण महत, नेपाल टेलिभिजनका अध्यक्ष समिरजंग शाह, ईश्वरी ओझा सहितले बालुवाटारमा संस्थापन पक्षमा उम्मेदवारको नामको टुंगो लगाएका हुन । अध्यक्ष सहित चार जना पदाधिकारीको नाम सार्वजनिक गरसँगै नेपाल प्रेस युनियन संस्थापन पक्षमा व्यापक असन्तुष्टि देखिएको छ । सुदूरपश्चिमका पत्रकारले त निर्णयप्रति पूर्ण असन्तुष्टि जनाउदै विद्रोह गर्ने धम्की दिएका छन ।

अध्यक्षकी उम्मेदवार अनिता विन्दुले उपाध्यक्ष, महासचिव र कोषाध्यक्ष सहित आफ्नो प्यानल घोषणा गर्न कार्निभलमा कार्यक्रम तय भएको सुनेपछि संस्थापन पक्षका पत्रकार आक्रोसित भएका थिए ।

प्रधानमन्त्री देउवालाई गुमराहमा राखेर संस्थापन पक्षका पत्रकारलाई वाइपास गरेर इतर पक्षका पत्रकारलाई भागबण्डामा उम्मेद्वार बनाएको भन्दै पत्रकार बिरोधमा उत्रिएका हुन । नेपाली कांग्रेसका प्रवक्ता प्रकाश शरण महतको कोटाबाट अनिता बिन्दु, बद्री सिग्देलको कोटाबाट सरोज अधिकारी, नेता प्रकाशमान र महामन्त्री विश्व प्रकाश शर्माको कोटाबाट जगनाथ दुलाल र नेपाल टेलिभिजनका अध्यक्ष शमिरजंग शाहको कोटाबाट माधव धिताल उम्मेदवार बनाएपछि संस्थापन पक्षका पत्रकार आक्रोसित भएका हुन ।

चारै जना संस्थापन पक्षका नभएर इतर पक्षका भएको र देउवालाई गलत ब्रिफिङ गरेर आफ्नो फाइदा हेरेको आरोप संस्थापन पक्षका पत्रकारहरुको दाबी रहेको छ । अध्यक्ष सिग्देललाई आफुहरुले नेता मानेर एकोहोरो समर्थन गरेको तर उम्मेद्वारी दिने बेला सुदुरपश्चिमका पत्रकारहरुलाई पाखा लगाएको भन्दै सुदूरपश्चिमका पत्रकारहरुले उम्मेद्वारीको निर्णय नसच्चिए बिद्रोह गर्ने जनाएका छन् ।

संस्थापन पक्षका पत्रकारको बलियो पकड रहेको सुदूरपश्चिमका पत्रकारहरुले आफूलाई अध्यक्ष वा महासचिव मध्ये एक प्रमुख कार्यकारी पद पाउनु पर्ने माग गरेका छन् । कार्यवहाक महासचिव भिष्म ओझालाई महासचिव बनाउनु पर्ने माग उनीहरुको रहेका छ । त्यसको बिकल्पमा केशव सावदलाई उनीहरुले महासचिवको उम्मेद्वार अगाडि सारेका थिए । साथै,सचिवमा मेनुका ढुंगाना, खगेन्द्र भण्डारी र कोषाध्यक्षमा पदमराज जोशी हुनु पर्ने उनीहरुको जवरजस्त माग रहेको जनाइएको छ ।

निर्णय नसच्याएमा उमिद बागचनलाई अध्यक्ष बनाएर पनि चुनावमा जान सकिने भन्दै अध्यक्ष सिग्देलसँग रस्साकस्सी समेत भएको थियो । त्यसका लागि उनीहरु थुप्रै पटक काठमाडौं  र सुदुरपश्चिममा भेला समेत गरेका थिए । उमिद बागचनको नेतृत्वमा थुपैै पटक भएका भेलाले यो पटक स्थापन पक्षबाट सुदूरपश्चिमबाट मुख्य पदमा उम्मेदवारी पाउने आशा उनीहरुको थियो । तर अध्यक्ष, बरिष्ठ उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष सहितको महत्वपूर्ण पदमा कसैलाई उम्मेद्वार नबनाएपछि बद्री सिंग्देलले धोका दिएको भन्दै सुदूरपश्चिमका पत्रकार विरोधमा उत्रिएका छन् ।

मंगलबार दुई बजे अनिता बिन्दुको उम्मेद्वारी घोषणा सभालाई समेत उनीहरुले बहिस्कार गरेका छन । अनिताको घोषणा सभामा खगेन्द्र भण्डारी र लोकन्द्र भट्ट, बाहेक कुनै सुदूरपश्चिमका संस्थापन पक्षीय पत्रकार सहभागी भएनन् । प्रेस युनियनको कार्यालय थापागाँउमा गएर अध्यक्ष बद्री सिग्देलको कार्यकक्षमा गएर आफूलाई किन वाईपास गरेको भन्दै चर्काचर्की समेत भएको थियो ।

उमिद वागचन, भिष्म ओझा, हरिष भट्ट, मुकुन्द भण्डारी, पदमराज जोशी, मिन बम, श्रवण देउवा, योगेश रावल, केशव साउद, मेनुका ढुंगाना सहित दर्जनौ पत्रकारहरु र अध्यक्ष सिग्देलबीच भनाभन समेत भएको थियो । उनी नेताहरुलाई फोनमा भनिरहेका थिए, मैले त भिष्म ओझालाई महासचिव बनाउन खोजेको त उनी नै तयार भएनन । तर भिष्म भने आफूले कहिल्यै त्यसो नभनेको भन्दै प्रतिवाद गरिरहेका थिए । हामीले बद्रीलाई बोक्ने तर बद्रीले सुदूरपश्चिमलाई रोक्ने भन्ने बद्रीले प्रधानमन्त्री देउवालाई गुमराहमा राखेर इतर समूहका पत्रकारलाई विधान मिचेर उम्मेदवार बनाएको भन्दै विद्रोह गर्ने बताएका छन । त्यसको नेतृत्व उमिद बागचनले लिएका छन ।

सुदूरपश्चिमका पत्रकारले विरोध गरेपछि बालुवाटारले बद्रीलाई फोन गरेर तत्काल अनिता बिन्दुको बाहेक अरुको उम्मेद्वारी घोषणा नगर्न भनेको थियो । त्यसपछि अरु उम्मेद्वारको उम्मेदेवारी घोषणा रोकिएको थियो । सबैले बद्रीको विरोध गरे पनि आफूहरुले काध थापेको तर बद्रीले आफूहरुलाई माइनस गर्न खोजेको आरोप सुदूरपश्चिमका पत्रकारहरुको छ । महासचिवमा बिधान विपरित प्रेस युनियनका काठमाडौं अध्यक्ष जगनाथ दुलाललाई बनाइएकोमा स्थापन पक्षीय पत्रकार आक्रोसित भएका छन । अध्यक्षले विधान मिचेर मनपरि गरेको भन्दै संस्थापन पक्षका सुदूरपश्चिमका पत्रकारहरुले बिद्रोही उम्मेदवारी दिने बताएका छन ।

भिष्मराज ओझा वा केशव साउदमध्ये एकलाई महासचिव, पदमराज जोशीलाई कोषाध्यक्ष, मेनुका ढुंगाना र खगेन्द्र भण्डारीलाई सचिवको उम्मेदवार बनाउनु पर्ने उनीहरुको माग छ । ३३ जना पदाधिकारीमा ५ जना माग्नु स्वभाविक भएको पत्रकार किशोर भट्टले बताए । उम्मेदवारी नसच्चिए बिद्रोही उम्मेदवारी दिने तयारी आफूहरुले गरिरहेको भट्टले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank