नवराज विककी आमा उर्मिला विकले भनिन्- सर्वोच्च अदालतसँग आशा छ

दलित अनलाईन २० फाल्गुन २०७७, बिहीबार २३:२१

नवराज विक हत्या प्रकरण

 

काठमाडौं— आफुहरुको अन्तिम आशा र भरोसा सर्वोच्च अदालतसँग रहेको भन्दै एक पटक छोराहरुको न्यायाका लागि आवाज उठाइदिन नागरिक समाजसँग नवराज विककी आमा उर्मिला विकले अपिल गरेकी छिन् ।
छोराहरुको हत्याराहरु एकपछि अर्को गदै कानुनी कारबाहीबाट उम्किदै गएको भन्दै फेरी एक पटक नागरिक समाज, बुद्धिजीवी,मानव अधिकारकर्मी ,पत्रकार वकिल, विभिन्न संघसस्था र सरोकारवाला निकायसँग नवराज विककी आमा उर्मिला विकले अपिल गरेकी हुन् ।
शुक्रबार सर्वोच्चमा हुने बहस र सुनुवाईको लागि विहिबार काठमाडौमा आइपुगेका नवराज विक लगायतका बा–आमाहरुको टोलीले माइती मण्डलमा शुक्रबार ११ बजे न्यायको याचना गरौ भन्ने नारासहित दबाब कार्यक्रम गर्नेछन् । दबाब कार्यक्रमका लागि उनीहरुलाई यतिवेलासम्म न्यायका लागि आवाज उठाइरहनुभएका सबै सरोकारवालाहरु फेरी एक पटक न्यायका लागि आवाज उठाइदिन सबैसँग अपिल गरेका हुन् ।
उच्च अदालत सुर्खेतका विरुद्ध पीडकले आफूले तारेख तथा धरौटीमा रहेर मुद्दा लड्न पाउनुपर्ने भन्दै सर्वोच्च अदालतमा निवेदन दिएपछि पुष १७ गते सर्वोच्चमा भएको बहसले सक्कल कागजात सहित फागुन २१ गते शुक्रबार थप बहस र सुनुवाइ गर्नेछ ।
पुस १७ गतेको सर्वोच्च अदालतमा भएको बहसमा सोती हत्याकाण्डका जे–जति सक्कल कागजात छन् ती सबै पेश गर्न सर्वोच्चले आदेश दिएको थियो । सर्वोच्च अदालतले जे–जति निवेदन परेका छन् ती सबैलाई एकै पटक सुनुवाइ गर्ने आदेश दिएको छ ।
पीडितहरुको पक्षमा फैसला आउने विश्वास आफुहरुले गरेको भन्दै नवराजकी आमाले सबै तह–तप्का व्यक्तिहरु एक पटक शुक्रबार हुने न्यायका लागि याचना कार्यक्रममा उपस्थिति भइदिन सम्बन्धीत सबैलाई अपिल गरिन् । ‘हाम्रो अन्तिम आशा र भरोसा सर्वोच्च अदालतमा छ, हामीलाई न्याय दिनुहोस् ।’
८ महिना अघि नै जिल्ला अदालत रुकुमले ३४ जनामध्ये २३ जनालाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । जिल्ला न्यायाधीश विद्याराज पौडेलको इजलासले २३ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन र एक जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो । पीडितको तर्फबाट २५ जना वकिलले अदालतमा बहस गरेका थिए भने प्रतिवादीका तर्फबाट ७ जनाले ।
जिल्ला अदालत रुकुमपश्चिमले पक्राउ परेकामध्ये तुलबहादुर मल्ल, दीपेन्द्र चन्द र इन्द्रबहादुर मल्ललाई साधारण तारेखमा र मृतक नवराज बिककी प्रेमिका सुष्मा मल्लकी आमा प्रकाशी मल्ललाई भने एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । जिल्ला अदालत रुकुमपश्चिमले प्रेमिका सुष्मा मल्लसहित दुई जनालाई बाल सुधारगृहमा राख्न शुरुमा नै आदेश दिइसकेको थियो । यसरी ३४ जनामध्ये ६ जना अहिले पनि थुनामा छैनन् ।
रुकुमपश्चिम जिल्ला अदालतले २३ जनलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएपछि ती २३ जनाले उच्च अदालत सुर्खेतमा पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत रुकुमपश्चिमको आदेश बदर गरिपाऊँ भनी निवेदन दिए ।
त्यसमध्ये थप चार जनालाई धरौटीमा छोड्ने निर्णयका विषयमा न्यायाधीशको राय बाझियो । तेस्रो न्यायाधीशले पनि यस विषयमा बहस गर्दा त्यसभन्दा फरक राय आएपछि उक्त निवेदन अहिले सर्वोच्च अदालतमा प्रवेश गरेको छ ।
शुक्रबार हुने बहस र सुनुवाइ निकै महत्वपूर्ण हुने भन्दै दलित अधिकारकर्मीहरु ,विभिन्न राजनीतिक दल, भातृसंगठन, नागरिक समाज,बुद्धिजीवी युवा अभियन्ताहरुले  माइती मण्डलामा खबरदारी कार्यक्रममा गर्ने छन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank