‘सामाजिक न्यायका लागि अन्तर्राष्ट्रिय दर्नाल अवार्ड–२०२२’ प्रदान [तस्बिरहरु]

दलित अनलाईन २५ जेष्ठ २०७९, बुधबार २३:५५

काठमाडौँ — यस वर्षको ‘सामाजिक न्यायका लागि दर्नाल अवार्ड कर्णाली कला केन्द्र मुगु र इक्वालिटी ल्याब अमेरिकालाई संयुक्तरुपमा प्रदान गरिएको छ ।  सामाजिक न्यायको क्षेत्रमा पुर्‍याएका योगदानलाई कदर गर्दै  सरिता परियार ट्रष्टले ‘सामाजिक न्यायका लागि अन्तर्राष्ट्रिय दर्नाल अवार्ड–२०२२’ प्रदान गरेको हो ।  

दलित अधिकार र विभेदरहित समाज स्थापनाका निम्ति संघर्ष गरेका सामाजिक अभियन्ता दिवंगत सुभाष दर्नालको स्मृतिमा स्थापना गरिएको पुरस्कारको राशि ५ लाख रुपैयाँ छ । ट्रष्टले यो पुरस्कार हरेक दुई वर्षमा प्रदान गर्दै आएको छ ।

पुरस्कृत कर्णाली कला केन्द्र मुगुले कर्णालीका गाउँ-गाउँमा नाटक प्रदर्शन गर्ने गरेको छ भने इक्वालिटी ल्याबले अमेरिकामा रहेका नेपालहरुमाझ दलित न्यायका लागि काम गर्दै आएको छ । त्यस्तै, ट्रस्टले यस वर्ष पत्रकार ध्रुवसत्य परियार र मानव बेचबिखनविरुद्वका अभियन्ता करुणा त्रिखतीलाई सम्मानसमेत गरेको छ ।  

दर्नालको अमेरिकामा सडक दुर्घटनामा परी २०६८ साउन ३० गते निधन भएको थियो । उनको सम्झनामा  सरिता परियार ट्रष्टले  ०७३ देखि दर्नाल अवार्ड वितरण गर्दै आएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank