प्रतिनिधिसभा निर्वाचन : कर्णालीमा १३८ उम्मेदवारमा १२ जना महिला

दलित अनलाइन माघ ७, २०८२

काठमाडौँ — कर्णालीमा १२ सिटका लागि १३८ जना चुनामी मैदानमा होमिएका छन् । ति मध्ये महिला उम्मेदवारको संख्या न्यून रहेको छ।

ठुला राजनितिक दलहरुले प्रत्यक्षमा महिला उम्मेदवार चुनावमा उठाएका छैनन्। कर्णालीका जम्मा १ सय ३८ उम्मेदवारमा १२ जना मात्र महिला उम्मेदवार रहेका छन्।

नेपाली कांग्रेसले दैलेख क्षेत्र नं. १ मा बासना थापालाई उम्मेदवार बनाए पनि दोस्रो ठुलो दल नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीले महिला उम्मेद्वार बनाएका छैनन्।

Nic asia bank

राष्ट्रिय स्वतन्त्र पार्टीले जुम्लामा विनिता कठायत र डोल्पामा देवसी ऐडीलाई उम्मेदवार बनाएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले सल्यानमा अनिसा नेपालीलाई टिकट दिएको छ । कठायत र नेपाली अघिल्लो पटक समानुपातिकतर्फबाट प्रतिनिधी सभा सदस्य भएका थिए।

सुर्खेत क्षेत्र नं. २ बाट नेपाल मजदुर किसान पार्टीले तुलसी खड्का र सुर्खेत क्षेत्र नं. १ बाट नेकपा माओवादीले हिरु शाहीलाई उम्मेदवार बनाएको छ।
आम जनता पार्टीले रुकुम पश्चिममा प्रेमा दमाइ, दैलेख क्षेत्र नं. १ मा मेनका श्रेष्ठ र २ मा तीर्थाकुमारी बंशीमगर (विक)लाई उम्मेदवार बनाएको छ।

राष्ट्रिय जनमोर्चाले सल्यानमा कमला डाँगी र नेपाल मितिरी पार्टीले डोल्पामा जुनु भण्डारीलाई उम्मेदवार बनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank