सुन्दर हरिजनको मृत्युको संसदीय छानबिन गर्न सांसद विशंखेको माग

दलित अनलाईन १७ जेष्ठ २०७९, मंगलवार १४:२९

काठमाडौं — नेकपा माओवादी केन्द्रकी सांसद अञ्जना विशंखेले रोल्पा कारागारमा भएको सुन्दर हरिजनको मृत्युको छानबिनका लागि संसदीय समिति बनाउन माग गरेकी छन् ।

मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद विशंखेले विजयविक्रम शाहको सट्टामा सुन्दर हरिजनलाई रोल्पा कारागार राखिएको र शाहलाई भने हरिजनको नाममा कारागारबाट छुटाउने षड्यन्त्र गरिएको बताइन् ।

उनले केही दिन अघि सुन्दर हरिजनको कारागारमै मृत्यु भएपछि समग्र घटनाको छानविन गर्नुपर्ने बताएकी हुन् । सांसद विशंखेले यस घटनाबाट नेपालको सिंगो न्याय प्रणाली, सुरक्षा संयन्त्र र राज्यको पुरै शासन संरचनामाथि प्रश्न उठेको बताइन् ।

‘उक्त घटनामा सिंगो न्याय प्रशासन, न्यायालय जोडिएको कारणले गर्दाखेरि संसदीय छानबिन समिति गठन गरियोस् । र अपराधी करारलाई यथाशीघ्र छानबिनको दायरामा ल्याइयोस्’ उनले भनिन् ।

सांसद विशंखेले घटनाको छानविनका लागि संसदीय छानबिन समितिको साथै गृह मन्त्रालयले पनि सरकारको तर्फबाट अर्को छानबिन समिति गठन गर्नुपर्ने बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank