निर्वतमान वडाध्यक्ष विक भन्छन्– ‘यस कारण मैले एमाले छोडें, माओवादी रोजें’

प्रेम सुनार १४ जेष्ठ २०७९, शनिबार १३:१४

गुल्मी — ‘मेरो उमेर अहिले ५१ वर्षको भयो । यस अवधीमा मैले नेकपा एमालेको राजनीति गरेको ३६ वर्ष पुगेछ’– गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा नम्वर –१ का निर्वतमान वडाध्यक्ष रामलाल विकले भने –‘यो उमेरमा आएर मैले नेकपा एमाले छाडें,माओवादी केन्द्र रोजें, र हिजो मात्रै प्रवेश गरें । ’
वर्षऔं देखि नेकपा एमालेकै गढ मानिने बलेटक्सारमा शुक्रबार भएको एक कार्यक्रममा छाती फुलाउँदै निर्वमान वडाध्यक्ष विक माओवादी केन्द्रमा दर्जनौं अगुवा एमाले कार्यकर्ता लिएर प्रवेश गरेका हुन् । उनि नेकपा एमालेका जिल्ला कमिटी सदस्य थिए ।

अर्का देव विश्वकर्मा, यज्ञ ज्ञवाली ३ जिल्ला कमिटी सदस्य सहित दर्जनौ एमाले अगुवा कार्यकर्ताहरुलाइ माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी अध्यक्ष तथा पुर्वमन्त्री सुदर्शन बराल र माओवादी केन्द्र गुल्मीका संयोजक बुद्धि जिसीले स्वागत गर्दै पार्टी प्रवेश गराएका थिए ।

मैले जातिय भेद–उपभेदको गाली–गलौज र अपमान यति सहनु प¥यो कि अहिलेसम्म मेरो मुटु भक्कानिन्छ । ति व्यक्तिले तुच्छ शब्दमा जात छोईछोई गरेको गालीगलौजको २८ मिनेट लामो अडियो रेकर्ड अहिले पनि म संग सुरक्षित छ । एमालेमा यस्तो अपमान सहेर म जस्ता अरु कोही दलित समुदाय नबसुन भन्ने सन्देश दिन म माओवादी केन्द्रमा प्रवेश गरेको  हुँ । ’

 

निर्वतमान वडाध्यक्ष विकले भने –‘लामो राजनैतिक योगदान पुराएको मैले बढो मुस्किलले एमालेबाट गत स्थानीय तहको निर्वाचनमा वडाध्यक्षको उमदवारी पाएँ । तर मेरा लागि त्यो उमेदवारी योगदानको कदर भन्दा पनि गाली–गलौंज र अपमानको बज्रपात बन्न पुग्यो । म जस्तो लामो राजनैतिक योगदान पुराएको व्यक्तिले वडाध्यक्षको उमेदवारी पाएकोमा अन्य समुदायका एमालेकै एक व्यक्तिलाई ठुलो डाह–ईश्र्या  हुनगयो ।
उनिबाट मैले जातिय भेद–उपभेदको गाली–गलौज र अपमान यति सहनु प¥यो कि अहिलेसम्म मेरो मुटु भक्कानिन्छ । ति व्यक्तिले तुच्छ शब्दमा जात छोईछोई गरेको गालीगलौजको २८ मिनेट लामो अडियो रेकर्ड अहिले पनि म संग सुरक्षित छ । एमालेमा यस्तो अपमान सहेर म जस्ता अरु कोही दलित समुदाय नबसुन भन्ने सन्देश दिन म माओवादी केन्द्रमा प्रवेश गरेको  हुँ । ’

उनले थपे–‘ अहिले सम्म एमालेलाई कम्युनिष्ट ठानेर भ्रममा परियो । सच्चा कम्युनिष्ट माओवादी नै रहेछ । अब थप कडा ढंगले माओवादी पार्टीको राजनीतिमा सक्रिय हुनेछु । ’
त्यस भेग कै दलित युवा नेता वेद बिक संघ र प्रदेशको निर्वाचनमा एमाले नेता तथा प्रतिनिधी सभाका उमेदवार प्रदिपकुमार ज्ञवालीका अंगरक्षक जस्तै बनेर हिडेका थिए । अर्का नेता ज्ञवाली पनि त्यस भेगको खम्वा नेता ठानिन्छन् ।

नवप्रवेशीलाई सम्वोधन गर्दै माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी अध्यक्ष सुदर्शन बरालले भने –‘ म पनि सुरुमा एमालेको विद्यार्थी संगठनबाटै राजनीति सुरु गरेको हुँ । मैले बेलैमा बुझेर माओवादी रोजे , तपाईहरुले ढिलै भए पनि माओवादी रोज्नु भयो स्वागत छ , अब कम्युनिष्ट हुँ भन्नेहरु धेरैले माओवादी केन्द्र नै रोज्ने छन् । ’

अर्का नेता बुद्धि जिसीले अन्य पार्टीबाट माओवादी केन्द्र प्रवेशको लहर सुरु भएको र अब पार्टी २०६४ कै जनलहरमा फर्किने दाबी गरे ।

कार्यक्रममा सो पार्टीका युवा नेता तथा रुरुक्षेत्र गाउँपालिकाका नवनिर्वाचित गाउँपालिका अध्यक्ष यदु ज्ञवाली, वडा नम्वर ५ का वडाध्यक्ष हरिप्रसाद ज्ञवाली लगायतको सहभागिता थियो ।

उनि नेकपा एमालेका जिल्ला कमिटी सदस्य थिए । अर्का देव विश्वकर्मा, यज्ञ ज्ञवाली ३ जिल्ला कमिटी सदस्य सहित दर्जनौ एमाले अगुवा कार्यकर्ताहरुलाई माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी अध्यक्ष तथा पुर्व मन्त्री सुदर्शन बराल र माओवादी केन्द्र गुल्मीका संयोजक बुद्धि जिसीले स्वागत गर्दै पार्टी प्रवेश गराएका थिए ।
निर्वतमान वडाध्यक्ष बिकले भने –‘लामो राजनैतिक योगदान पुराएको मैले बढो मुस्कीलले एमालेबाट गत स्थानीय तहको निर्वाचनमा वडाध्यक्षको उमदवारी पाएँ । तर मेरा लागि त्यो उमेदवारी योगदानको कदर भन्दा पनि गाली–गलौंज र अपमानको बज्रपात बन्नपुग्यो ।

म जस्तो लामो राजनैतिक योगदान पुराएको ब्यक्तिले वडाध्यक्षको उमेदवारी पाएकोमा अन्य समुदायका एमाले कै एक ब्यक्तिलाई ठुलो डाह–ईश्र्या हुनगयो ।

उनि बाट मैले जातिय भेद–उपभेदको गाली–गलौज र अपमान यति सहनु प¥यो कि अहिले सम्म मेरो मुटु भक्कानिन्छ । ति ब्यक्तिले तुच्छ शब्दमा जात छोई छोई गरेको गाली गलौजको २८ मिनेट लामो अडियो रेकर्ड अहिले पनि म संग सुरक्षित छ । एमालेमा यस्तो अपमान सहेर म जस्ता अरु कोही दलित समुदाय नबसुन भन्ने सन्देश दिन म माओवादी केन्द्रमा प्रवेश गरेको हुँ । ’

 

उनले थपे–‘ अहिले सम्म एमालेलाई कम्युनिष्ट ठानेर भ्रममा परियो । सच्चा कम्युनिष्ट माओवादी नै रहेछ । अब थप कडा ढंगले माओवादी पार्टीको राजनीतिमा सक्रिय हुनेछु । ’

त्यस भेगकै दलित युवा नेता वेद विकले संघ र प्रदेशको निर्वाचनमा एमाले नेता तथा प्रतिनिधी सभाका उमेदवार प्रदिपकुमार ज्ञवालीका अंगरक्षक जस्तै बनेर हिडेका थिए । अर्का नेता ज्ञवाली पनि त्यस भेगको खम्वा नेता ठानिन्छन् ।

नवप्रवेशीलाई सम्वोधन गर्दै माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी अध्यक्ष सुदर्शन बरालले भने –‘ म पनि  सुरुमा एमालेको विद्यार्थी संगठनबाटै राजनीति सुरु गरेको हुँ । मैले बेलैमा बुझेर माओवादी रोजे , तपाईहरुले ढिलै भए पनि माओवादी रोज्नु भयो स्वागत छ , अब कम्युनिष्ट हुँ भन्नेहरु धेरैले माओवादी केन्द्र नै रोज्ने छन् । ’

अर्का नेता बुद्धि जिसीले अन्य पार्टीबाट माओवादी केन्द्र प्रवेशको लहर सुरु भएको र अब पार्टी २०६४ कै जनलहरमा फर्किने दाबी गरे । कार्यक्रममा सो पार्टीका युवा नेता तथा रुरुक्षेत्र गाउँपालिकाका नवनिर्वाचित गाउँपालिका अध्यक्ष यदु ज्ञवाली, वडा नम्वर ५ का वडाध्यक्ष हरिप्रसाद ज्ञवाली लगायतको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank