मगरमय जनप्रतिनिधी : दलित महिला सदस्य समेत मगरकै छोरी

प्रेम सुनार १२ जेष्ठ २०७९, बिहीबार १०:३८

गुल्मी — गुल्मीको एक वडामा वडाध्यक्षदेखि वडासदस्य सम्मको पुरै प्यानले मगर समुदायका जनप्रतिनिध निर्वाचित भएका छन् । संयोग नै मान्नु पर्छ जहाँ दलित समुदाय हुँदाहुँदै पनि दलित महिला वडा सदस्य समेत मगर कै छोरी निर्वाचित भएकी छन् ।

गुल्मीको सत्यवती गाउँपालिका–३ ,ठुलोलुम्पेकमा वडाध्यक्ष्देखि वडा सदस्यसम्म पुरै मगर समुदायका जनप्रतिनिधी निर्वाचित भएका हुन् । गठबन्धनबाट वडाध्यक्षमा माओवादी केन्द्रका जितबहादुर त्रामु मगर ( जितु त्रामु ) निर्वाचित भएका हुन् । महिला वडा सदसयमा राष्ट्रिय जनमोर्चाकी नरमाया राना मगर , अमरसिंजापति मगर, बैद्य नेतृत्व माओवादीको देशभक्त जनतान्त्रिक मोर्चाका अर्जुन तरामु मगर र दलित महिला सदस्यमा गाह मगरकी छोरी प्रेमकला गाह विश्वकर्मा नेपाली कांग्रेसबाट विजयी भएका हुन् ।

‘हाम्रो वडामा यसपाली संयोग यस्तो भयो कि दलित महिला सदस्य समेत मगरकै छोरी निर्वाचित हुनु भयो ’– नवनिर्वाचित वडाध्यक्ष तरामुले भने –‘ उहाँ मगरकी छोरी भए पनि विश्वकर्मासँग विवाह गरेकोले दलित महिला सदस्यमा निर्वाचित हुनु भएको हो । ’

माईतीले नमाने पनि जनताले अनुमोदन गरि दिए

दलित महिला सदस्यमा निर्वाचित प्रेमकलाको माईती घर पाल्पाको रैनादेवि छहरा गाउँपालिका–२ मा हो । ठुलोलुम्पेकका इन्द्रबहादुर विश्वकर्मासँग उनको अन्तरजातिय विवाह सम्वन्ध भएको थियो ।

अझै पनि माईतीजनले मनैदेखि मेरी छोरी विश्वकर्माकी श्रीमति हो भनेर स्वीकार गरिसकेको अवस्था छैन् । वडाध्यक्ष त्रामु भन्छन् –‘अहिलेको निर्वाचनले उहाँ मगरकी छोरी भए पनि दलित महिलाका रुपमा जनताले अनुमोदन गरि दिएका छन् । त्यसो त दलित समुदायका पुरुषसँग अतरजातिय विवाह गरेका थुप्रै क्षेत्री, ब्राम्हण र जनजाति समुदायका छोरीहरुले यसपालीको निर्वाचनमा दलित महिला सदस्यमा निर्वाचित भई आफुलाई स–गर्व दलित समुदायका रुपमा स्थापित गरेका छन् ।

सुरु देखि हाल सम्म ठुलोलुम्पेकका ‘ठुलाबडा’ मगर नै

हालको सत्यवती गाउँपालिका वडा नम्वर २ र ३ साबिक ठुलोलुम्पेक गाविस हो । जहाँ बहुसंख्यक जनजाति समुदाय बसोबास गर्दछन् । जहाँ पञ्चायतकालका पहिला मुखिया वा प्रधानपञ्चका रुपमा आफुहरुले स्वर्गीय सहविर तरामुलाई मान्ने गरेको स्थानीय बताउँछन् । उनी पछि दिलबहादुर राहडी मगर, खड्कबहादुर थापा मगरले लामो समय चलाएर पञ्चायतका अन्तिम प्रधानपञ्च समेत उनै रहेको त्रामुको भनाई छ ।

बहुदल पछि २०४९ सालको स्थानीय तहको निर्वाचनमा गोपिराम रानाले ठुलोलुम्पेकको गाविस अध्यक्ष जितेका थिए । २०५४ सालको निर्वाचनमा पनि उनै दोहरिए ।

२०७४ सालको स्थानीय निर्वाचनमा नेकपा एमालेबाट रकबहादुर राना वडाध्यक्षमा विजयी भए । संयोग यसपालीको निर्वाचनमा बहुदलका उनै अन्तिम ठुलोलुम्पेक गाविस अध्यक्ष गोपिराम रानाका भाई लोकबहादुर राना एमालेबाट वडाध्यक्षमा माओवादी केन्द्रका उमेदवार जितु त्रामु मगर प्रतिस्पर्धी भए । ३२ बर्ष सम्म ठुलोलुम्पेकस्थित धर्मपुर माविका प्रधानध्यापक चलाएका रानालाई पराजित गरि त्रामु मगर विजयी भई यसपाली पहिलो पटक माथील्लो ठुलोलुम्पेकमा माओवादी केन्द्रले नेतृत्व पाएको हो ।

तल्लो ठुलोलुम्पेक अर्थात सत्यवती वडा नम्वर २ मा भने नेकपा एमालेका खडकबिर थापा मगरले वडाध्यक्ष जितेका छन् । उनको प्यानलमा पुरै एमालेले विजयी प्राप्त गरेको त्रामुले बताए । जहाँ वडा सदस्यहरुमा टोपली राना, तारापति त्रामु मगर, गुणदेव कुँवर र दलित महिलासदस्यमा पवित्रा दर्जी निर्वाचित भएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank