फिर्के खेलामा पोखरा महानगरले चलायो डोजर

दलित अनलाइन जेष्ठ १०, २०८३

कास्की  — पोखरा महानगरपालिकाले फिर्केखोलाको सीमाभित्र बनेका संरचना हटाउन डोजर चलाइएको छ।

पोखरा महानगरका मेयर धनराज आचार्य र सम्बन्धित वडाध्यक्षको नेतृत्वमा बिहान १० बजेदेखि फिर्के खोलाका ३ ठाउँबाट एकसाथ डोजर चलाइएको हो।

पहिलो चरणमा जिरो किमी र सिर्जना चोकको बीचमा फिर्केमाथि बनेका संरचना हटाइएको छ। यहाँबाट सुरु भएको डोजरले लायन्सको भवनबाट भत्काउँदै वडानम्बर ६ तर्फ आउने छ।

अर्को डोजरले वडा नम्बर २ र १८ को सिमाना अँधेरी कुनादेखि संरचना भत्काउन सुरु गरी वडा वडा नम्बर ४ तर्फ आउने छ। अर्को डोजरले वडा नम्बर ४ र ५ को सिमाना फिर्केपुल बूढानीलकण्ठ मन्दिरदेखि भत्काउन सुरु गरी वडा नम्बर ५ र ८ तर्फ आउने बताइएको छ।

पोखरा महानगरले जेठ ३ गते पछिल्लो पटक सम्पूर्ण स्थायी तथा अस्थायी संरचनाहरू जेठ ९ गतेभित्र आफैं हटाउन सार्वजनिक सूचना जारी गरेको थियो । त्यो समयावधि सकिएलगत्तै आज डोजर चलाएर हटाउन लागिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank