वडाअध्यक्षमा दलित : कुन दल कहाँबाट विजयी ?

दलित अनलाईन ३ जेष्ठ २०७९, मंगलवार १७:३५

काठमाडौं — विगतका स्थानीय निर्वाचनहरुमा दलित समुदायको समानुपातिक सहभागिता अत्यन्तै न्यून थियो। देशकै १३.८ प्रतिशत जनसंख्या ओगटेको दलित समुदायलाई स्थानीय सरकारमा दलहरुले आलटाल गर्दै आएको नकार्न सकिँदैन।

संविधानले समानुपातिक समावेशी सिद्धान्तका आधारमा राज्य शासन सञ्चालनका हरेक तहमा सहभागिता हुन पाउने अधिकार सुनिश्चित गरेको छ। तैपनि नीति निर्माण तहमा दलितलगायत उत्पीडित समुदायको उपस्थिति कमजोर भएको राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनले पनि देखाएको छ।

प्रत्येक राजनीतिक दलहरुले दलितलाई मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष जस्ता पदमा पनि दलितको उम्मेदवार हुन सक्छ भन्ने प्रश्न आइरहेको बेला स्थानीय चुनाव २०७९ मा दलितले विभिन्न पार्टीगत उम्मेदवार र स्वतन्त्र उम्मेदवार गरी ४५ वडाका वडाअध्यक्ष पद र एक गाउँपालिका अध्यक्षमा विजयी भएका छन्।

डोल्पाको कनकासुन्दरी गाउँपालिका–८ मा दलित समुदायका स्वतन्त्र उम्मेदवार धनबहादुर कामीको प्यानल विजयी भएको छ।

गोरखाको पालुङटार नगरपालिका वडा नम्बर १ (जनता समाजवादी पार्टी)– कृष्ण परियार विजयी भएका छन्।

हुम्लाको ताजाकोट गाउँपालिका वडा नं. ५ (माओवादी केन्द्र) मंगल नेपाली विजयी भएका छन्।

दैलेखको चामुन्डा बिन्द्रासैनी नगरपालिका वडा नं. १ (मजदुर किसान पार्टी) उदय बिक विजयी भएका छन्।

कालिकोटको खाँडाचक्र नगरपालिका वडा नं. १ (माओवादी केन्द्र ) धर्मराज ताम्राकार विजयी भएका छन्।

कालिकोटको खाडाचक्र नगरपालिका वडा नम्बर ५ मा माओवादी केन्द्रबाट वडाअध्यक्षमा देउराम्य विक विजय भएका छन्।

 कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका वडा न.९ (नेकपा एमाले ) नरपती तिरुवा विजयी भएका छन्।

सल्यानको कुमाख गाँउपालिका वडा नम्बर ६ (माओवादी केन्द्र)का कर्ण बहादुर बिक विजयी भएका छन्।

अछामको रामरोशन गाउँपालिका चाफामाण्डौ वडा नम्बर २ मा (माओवादी केन्द्र) मीन परियार विजयी भएका छन्।

सुर्खेतको बिरेन्द्रनगर नगरपालिका वडा न. १६ (नेकपा एमाले) दण्ड बिक विजयी भएका छन्।

दैलेखको महाबु गाउँपालिका वडा न.१ (नेकपा एमाले) सर्बजीत सार्की विजयी भएका छन्।

बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका वडा न.१ (माओवादी केन्द्र) अजय कुमार बिक विजयी भएका छन्।

बैतडीको पन्चेस्वर गाउँपालिका वडा न.१ (माओवादी केन्द्र) देवानिराम सार्की विजयी भएका छन्।

जुम्लाको सिन्जा गाउँपालिका वडा .२ (माओवादी केन्द्र) तिर्थ वड विजयी भएका छन्।

रोल्पाको नगरपालिका ५ (माओवादी केन्द्र) टोपबहादुर नेपाली विजयी भएका छन्।

सल्यानको छत्रेस्वरी गाउँपालिका वडा न.२ (माओवादी केन्द्र) प्रेम पहाडी विजयी भएका छन्।

बागलुङको तमानखोला गाउँपालिका वडा न.४ ( माओवादी केन्द्र) छवि सिर्पाल विजयी भएका छन्।

कैलालीको टिकापुर नगरपालिका वडा न.३ (नेपाली काग्रेस) रिसि बिस्वकर्मा विजयी भएका छन्।

बागलुङको तमानखोला गाउँ पालिका वडा न.५ (नेपाली काग्रेस) हिरा बहादुर श्रीपाली विजयी भएका छन्।

 अछामको कमलबजार नगरपालिका वडा न.२ (नेपाली काग्रेस) दिर्घ टमाटा विजयी भएका छन्।

बागलुङको तमानखोला गाउँपालिका वडा न.२ (माओवादी केन्द्र) नारायण सुनार विजयी भएका छन्।

 बागलुङको निसिखोला गाउँपालिका  वडा न.२ (माओवादी केन्द्र) कुबिर बिक विजयी भएका छन्

पाल्पाको रामपुर नगरपालिका वडा न.२ (नेपाली काग्रेस) कृष्ण बहादुर दर्जी विजयी भएका छन्

दोलखाको शैलुङ गाउँपालिका वडा न.१ (गठबन्धन) वीर बहादुर घतानी विजय भएका छन

कालिकोटको पलाँता गाउँपालिका वडा न.३ (माओवादी केन्द्र) बाचे बिक विजयी भएका छन्।

बझाङको थलारा गाउँपालिका वडा न.७ (नेकपा एमाले) किस्ने सार्की विजयी भएका छन्।

दाङको बंगलाचुली गाउँपालिका वडा ३ (माओवादी केन्द्र)बाट शोभाराज बिस्वाकर्मा विजयी भएका छन

रुकुम (पश्चिम)को आठबिसकोट नगरपालिका वडा नम्बर ३ (माओवादी केन्द्र) बाट केशरमान विक भएका छन्।

दैलेखको आठबिस नगरपालिका वडा नम्बर २ (नेकपा एमाले) बाट कलम कामी ५ सय ४ मत ल्याएर विजयी भएका छन्।

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २० मा जनता समाजवादी पार्टीबाट कौशल धोबी विजयी भएका छन्।

बागलुङको जैमनी नगरपालिका वडा नम्बर ७ बाट गठबन्धनका तर्फबाट नेपाली कांग्रेसबाट केन्द्र रसाइली विजयी भएका छन्।

लमजुङको राइनास नगरपालिका वडा नम्बर तिनपिप्लेमा नेकपा माओवादी केन्द्रका तर्फबाट संख बहादुर सार्की भारी मतले विजयी भएका छन्।

बझाङको खप्तड छन्ना गाउँपालिका वडा नम्बर ३ मेल्तडीमण (गठबन्धन) महिला वडा अध्यक्षमा ३ सय ७१ मत सहित गौरी विजयी भएकी छन्।

सुर्खेतको भेरिगंगा नगरपालिका वडा नम्बर ३ मा नेपाली कांग्रेसबाट जितबहादुर विक विजयी भएका छन्।

गुल्मीको रूरू गाउँपालिका १ मा नेकपा एमालेबाट नजराज विक विजयी भएका छन्।

गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ८ मा नेपाली कांग्रेसको तर्फबाट रमेश रसाइली विजयी भएका छन्।

बागलुङको ढोरपाटन नगरपालिका वडा नम्बर ८ सेराबाङ गठबन्धनका उम्मेदवार नेकपा (.माओवादी केन्द्र)बाट भद्रमणी विक विजयी भएका छन्।

 

जाजरकोटको नलगाड नगरपालिका वडा नम्बर १ माओवादी केन्द्रबाट धन बहादुर नेपाली विजयी भएका छन्।

बागलुङ नगरपालिका वडा नम्बर २ मा गठबन्धनका तर्फबाट नेकपा (एकिकृत समाजवादी) सुरज बोसेल विजयी भएका छन्।

बाजुराको बडिमालिका नगरपालिका वडा नम्बर ५ मा नेकपा एमालेका धर्मपाल विक सहित सिंगो प्यानल विजयी भएका छन्। उनको प्यानलले तीन दलिय गठबन्धनलाई हराएका हुन्।

बाजुराको गौमुल गाउँपालिका वडा नम्बर ४ मा नेकपा एमालेबाट अमरबहादुर विक विजयी भएका छन्।

बाजुराको बडिमालिका वडा नम्बर ५ (नेकपा एमाले)बाट धरमपाल मिजार विजयी भएका छन्।

डडेल्धुराको अमरगढी नगरपालिका वडा नम्बर ६ मा नेपाली कांग्रेसबाट केबी ताम्रकार विजयी भएका छन्।

 बागलुङको कोठेखोला गाउँपालिका वडा नम्बर ३ बाट नेकपा एमालेबाट कुलबहादर विक प्यानलसहित विजयी भएका छन्।

डोटीको फुडसिल बोगटान गाउँ पालिका वडा न.७ मा माओवादी केन्द्रबाट वडा अध्यक्षमा शकरमान सुनार बिजयी भएका छन्

धनकुटाको महालक्ष्मी नगरपालिका वडा नम्बर ६ मा नेपाली कांग्रेसबाट शिव विश्वकर्मामा विजयी भएका छन्।

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा नम्बर ७ मा माओवादी केन्द्रबाट वडा अध्यक्षमा रबिन्द्र खाती विजयी भएका छन्

रुकुम पश्चिम त्रिबेणी गाउँपालिका वडा नम्बर ६ मा (नेकपा माओवादी केन्द्र) भद्रबहादुर श्रीपालीको प्यानलसहित विजयी भएका छन्।

डडेल्धुराको आलिताल गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रबाट शेरसिंह पार्की विजयी भएका छन्।

हालसम्म दलित समुदायबाट जितेका वडाध्यक्षहरुमा स्वतन्त्र १, नेमकिपाबाट १, गठबन्धनका ४, जनता समाजवादी पार्टी (जसपा)का १, नेकपा एमालेका ११, नेपाली कांग्रेसका ८ र माओवादी केन्द्रबाट २२ जना छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank