काठमाडौं — ४ हजार २ सय ७५ जना दलित महिला सस्दय निर्वाचित भएका छन् ।
निर्वाचन आयोगको तथ्याङ्क अनुसार ४ हजार २ सय ७५ जना दलित महिला सस्दय निर्वाचित भएका हुन् । पालिकाका प्रत्येक वडाबाट एक जना दलित महिला अनिवार्य निर्वाचित गर्नुपर्ने संवैधानिक व्यवस्थाले दलित महिलाको प्रतिनिधित्व बढाएको हो ।
निर्वाचन आयोगका अनुसार ठूला राजनीतिक दलसँगै साना र स्वतन्त्र उम्मेद्वारहरूबाट समेत गरी निर्वाचित भएका छन् ।
नेपाली कांग्रेसबाट १५७२, नेकपा एमालेबाट १३५२ जना दलित महिला सदस्य निर्वाचित भएका छन् । यस्तै माओवादी केन्द्रबाट ६९२ जना दलित महिला सदस्यमा निर्वाचित भएका छन् ।
एकीकृत समाजवादीबाट १०८ जना दलित महिला सदस्य निर्वाचित भएका छन् । सत्ता गठबन्धनमा रहेको जनता समाजवादी पार्टीबाट ४ जना दलित महिला सदस्य पदमा निर्वाचित भएका छन् । स्वतन्त्र र अन्य गरेर २८२ जना दलित महिला सदस्य निर्वाचित भएका छन् ।
पालिका तहको प्रत्येक वडा समितिमा एक दलित महिला अनिवार्य निर्वाचित हुनुपर्ने व्यवस्था गरिएकाले देशैभरि ६,५६७ जना दलित महिला जनप्रतिनिधि यस अघि निर्वाचित भएका थिए ।
अहिले दलित महिला सदस्यमा २३ हजार ३ सय ५ जनाको उम्मेदवारी परेको थियो । ६७४३ जना दलित महिलाले यो पटक स्थानीय तहमा प्रतिनिधित्व गर्नेछन् । संविधानको धारा ३८ को उपधारा ४ मा महिलालाई समानुपातिक सहभागिता गराउनु पर्ने व्यवस्था छ ।
Leave a Reply