काठमाडौं —सामाजिक दलाल पुँजीवादको आधुनिक विभेदका विरुद्ध सशक्त दलित आन्दोलन र वैज्ञानिक समाजवादको पक्षमा दलित मुक्तिको पाँचौं राष्टिय सम्मेलन भन्ने मूल नाराका साथ दलित मुक्ति मोर्चा नेपालको पाँचाौं राष्ट्रिय सम्मेलन धनगढीमा हुने भएको छ ।
कार्तिक २७, २८ र २९ गते कैलालीको धनगढीमा सम्पन्न हुने दलित मुक्ति मोर्चाको पाँचाौं राष्ट्रिय सम्मेलन धनगढीमा हुने तयारी अन्तिम अवस्थामा पुगेको बताएको हो ।
कार्तिक २७, २८ र २९ गते कैलालीको धनगढीमा सम्पन्न हुन पाँचौं राष्टिय सम्मेलनका राजनीतिक–वैचारिक, सङ्गठनात्मक, प्रचारात्मक र व्यवस्थापकीय तयारी अन्तिम चरणमा पुगेका आयोजकले बताएको हो । कार्तिक २७ गते धनगढीमा हजारौं जनताको उपस्थितिमा कलाकार, बाजागाजा र र्याली पश्चात एक भव्य समारोहबीच सम्मेलनलाई नेपाल कम्युनिष्ट पार्टीका महासचि कमरेड विप्लबले उद्घाटन गर्नेछन्।
सम्मेलनमा देशका ७७ वटै जिल्लाबाट प्रतिनिधि, पर्यवेक्षक, स्वयंसेवक र प्रवास भारतबाट गरि करिव ३५० जनाको उपस्थिति हुनेछ । विभिन्न राजनीतिक पार्टी निकटमित्र दलित संघ–सङ्गठनहरु र भारतीय दलित मित्र सङ्गठन, नेकपा निकट विभिन्न जनवर्गीय सङ्गठन र मोर्चाहरुलाई उद्घाटनमा आतिथ्यताका लागि निमन्त्रणा गरिएको छ ।
यो सम्मेलनमा दलित मुक्ति आन्दोलनको समिक्षा सहित नयाँ विचार, राजनीतिक कार्यदिशा, सङ्गठनको नयाँ नाम र संरचना, नीति–कार्यक्रम एवं संघर्षको स्वरुप बारे बहस र संश्लेषण हुनेछ ।दलित समुदाय माथि राज्यद्धारा हजारौं वर्षदेखि हँुदै आएको विभेद, शोषण, दमन, उत्पीडन र बहिस्करण विरुद्ध संघर्षरत यस मोर्चाले अहिलेको दलाल संसदीय व्यवस्थामा आमूल परिवर्तन गरि वैज्ञानिक समाजवाद स्थापना भएपछि मात्र यो समुदायको पूर्ण मुक्ति संभव हुने विश्वास राख्दछ ।
यसका लागि कम्युनिष्ट पार्टीको नेतृत्वमा वर्गसंघर्ष र एकीकृत दलित आन्दोलन आजको अपरिहार्य आवश्यकता हो भन्ने कुरा आत्मसात गर्दछ ।
Leave a Reply