समृद्ध प्रदेशका रुपमा विकास गर्ने

दलित अनलाईन २ भाद्र २०७५, शनिबार १६:५९

काठमाडौँ –  प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश नम्बर ३ को सरकार जनताले प्रत्यक्ष अनुभूति हुने गरी समृद्ध प्रदेशका रुपमा विकास गर्न क्रियाशील रहेको बताउनुभएको छ ।

मदन भण्डारी फाउण्डेशनको दोस्रो राष्ट्रिय सम्मेलनको आज यहाँ उद्घाटन गर्दै उहाँले भन्नुभयो, “नेपाल कम्युनिस्ट पार्टीको वर्तमान सरकारले देशमा व्यापक परिवर्तन गरेरै छाड्नेछ, यो हाम्रो सङ्कल्प हो । यसमा हामीलाई सबैको साथ र सहयोग आवश्यक छ ।”

पच्चीस वर्षअघि जननेता मदन भण्डारीले स्थापना गरेको जगमा हामी अहिले उभिरहेका छौँ भन्दै उहाँले मदन भण्डारीको सपनालाई जीवन्त बनाउन सकेमा मात्र उहाँप्रति सच्चा श्रद्धाञ्जलि हुने बताउनुभयो ।

मदन भण्डारी फाउण्डेशनका केन्द्रीय सदस्य सीता पौडेलले दुई फरक धार भएका नेकपा (एमाले) र माओवादीबीच एकतासँगै बहुदलीय जनवादको पक्षमा सहमति बनेको प्रसङ्ग उल्लेख गर्नुभयो ।

नेकपाका नेता डा राजन भट्टराई र देवराज घिमिरेले मदन भण्डारीले नेपालको कम्युनिष्ट आन्दोलनलाई प्रजातान्त्रीकरण गर्नुभएको प्रसङ्ग उल्लेख गर्नुभयो ।

कार्यक्रमका सभापति मदन भण्डारी फाउण्डेशनका उपाध्यक्ष गुरु बरालले जनताको आशालाई विश्वासमा परिणत गर्न राष्ट्रिय गौरवका आयोजना तोकिएको समयमा पूरा गर्नुपर्नेमा जोड दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank