ताराखोला गाउँपालिका अध्यक्षमा धनबहादुर विक निर्वाचित

दलित अनलाईन १ जेष्ठ २०७९, आईतवार १०:५४

वाग्लुङ — बाग्लुङको ताराखोला गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार धनबहादुर विक निर्वाचित भएका छन् । उपाध्यक्षमा नेपाली कांग्रेसका भीमबहादुर रोका निर्वाचित भएका छन् ।

ताराखोला गाउँपालिकाको मतपरिणाम आइतबार सार्वजनिक भएको हो । निर्वाचन आयोगका अनुसार स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत ताराखोला गाउँपालिका प्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) उम्मेदवार विक २ हजार २ सय ८५ मत ल्याई विजयी भएका छन् ।

उनले निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार प्रकाश घर्ती मगरलाई १ सय ९५ मतान्तरले पराजित गरेका हुन् । पराजित प्रकाश घर्ती मगरले २ हजार ९० मत ल्याएका छन् । घर्ती २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा अध्यक्षमा निर्वाचित भएका थिए ।

ताराखोला गाउँपालिका उपाध्यक्षमा कांग्रेसका रोका ३ हजार ४ सय ३ मत ल्याएर निर्वाचित भएका छन् । उनले एमालेका थममाया घर्तीलाई पराजित गरेका हुन् । घर्तीले १ हजार ५ सय ६१ मत ल्याएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank