रिंकु सदाको बलात्कार र शंकास्पद मृत्यु घटनामा ४ जना पक्राउ

दलित अनलाईन २३ फाल्गुन २०८१, शुक्रबार १२:२३

काठमाडौं —  सिरहाको नवराजपुर गाउँपालिका-१ भगवतीपुरकी १७ वर्षीया रिंकुकुमारी सदाको सामूहिक बलात्कार र शंकास्पद मृत्यु भएको घटनामा प्रहरीले थप चार जना पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पञ्चायतीमा संलग्न वडा सदस्य नथुनी साह सहित चार जना छन् । जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डिएसपी वीरेन्द्रकुमार पासवानका अनुसार उनीहरू सबै जाहेरीमा किटान गरिएका व्यक्ति हुन् ।

गत माघ २७ गते राति शौच गर्न बाहिर निस्केकी रिंकु स्थानीय तीन युवकबाट सामूहिक बलात्कारमा परेकी थिइन् । उनी भोलिपल्ट बिहान रुँदै घर पुगेकी थिइन् । तर, वडासदस्य सहितका स्थानीयको संलग्नतामा २९ र ३० गते पञ्चायती बसेर घटना गाउँमै मिलाउने प्रयास गरिएको थियो ।

Laxmi sunrise bank 2034

पञ्चायतीले बलात्कारका पीडकबाट १ लाख ४० हजार जरिवाना भराउने र पीडितलाई प्रहरीमा जान नदिने निर्णय गरेको थियो । तर, पञ्चायती नमिल्दा पीडक पक्षको धम्कीका बीच ३० गते साँझ पीडित किशोरी आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।

प्रहरीले घटनाका मुख्य अभियुक्त रुपेश मण्डल र जाहेरीमा नाम नभएपनि पञ्चायतीमा भूमिका खेल्ने तीन जनालाई पक्राउ गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank