रुपन्देही — रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर १ मा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका भुवनसिंह थापा निर्वाचित भएका छन्। उनले २ हजार ३९१ मत प्राप्त गरेका छन्। नेकपा एमालका उम्मेदवारले २ हजार १६९ मत प्राप्त गरे।
सैनामैनामा ५ हजार ८० मत गणना हुँदा मेयरमा कांग्रेसका फणेन्द्र शर्माले २ हजार २१७ मत प्राप्त गरेर अग्रता कायम राखेका छन्।
एमालेका चित्रबहादुर कार्कीले १ हजार ९४१ मत प्राप्त गरेका छन्।
यस्तै उपमेयरमा नेकपा माओवादी केन्द्रका नारायण महतले २ हजार ३०२ मत प्राप्त गर्दा एमालेकी बिना रानाले २ हजार ११० मत प्राप्त गरेकी छन्।अहिले वडा नं.२ को मतगणना सुरू भएको छ।
Leave a Reply